अफगानिस्तानमा ४ करोड १० लाख मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको विश्व खाद्य कार्यक्रमको भनाई

काबुल— संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफगानिस्तान १० राष्ट्रहरू मध्ये एक हो जहाँ लगभग २० लाख मानिसहरू गम्भीर खाद्य असुरक्षाबाट पीडित रहेको बताएको छ ।

अफगानिस्तानमा कम्तिमा ४ करोड १० लाख मानिसहरू डरलाग्दो स्तरमा गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको खामा प्रेसले रिपोर्ट गरेको छ।

डब्लुएफपीले जारी गरेको विज्ञप्ति अनुसार अफगानिस्तान १० राष्ट्रहरूमध्ये एक हो जहाँ १ करोड ९९ लाख मानिसहरू पर्याप्त खानाको पहुँचबाट वञ्चित छन्।

खाद्यान्न आवश्यक पर्ने झण्डै ७० प्रतिशत जनता प्रजातान्त्रिक गणतन्त्र कंगो, नाइजेरिया, सुडान, इथियोपिया, अफगानिस्तान, यमन, बंगलादेश, पाकिस्तान, दक्षिण सुडान र सोमालियालगायत राष्ट्रहरूमा रहेको डब्लुएफपीको अध्ययनलाई उद्दृत गर्दै खामा प्रेसले उल्लेख गरेको छ। ।

प्रतिक्रिया दिनुहोस