सेप्टेम्बरमा पाकिस्तानमा मुद्रास्फीति बढेर ३१ प्रतिशतमा

इस्लामावाद— पाकिस्तानमा मुद्रास्फीति सेप्टेम्बरमा ३१ दशमलव ४ प्रतिशतमा उक्लिएको छ । यो चार महिनामा सबैभन्दा उच्च हो ।

बिजुली र इन्धनको मूल्यमा भएको बृद्धिको कारणले, गरीबी र बेरोजगारी पहिले नै तीव्र वृद्धि देखिरहेको बेला जनतालाई अधिकतम असर पारेको पाकिस्तानको द एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ।

नाश हुने खाद्यवस्तुको वृद्धिको गति एकल अंकमा पुग्दा ऊर्जाको मूल्यमा भएको वृद्धिका कारण परिसूचक बढेको हो ।

गत वर्षको सेप्टेम्बरको तुलनामा अहिले एक युनिट बिजुली १६४ प्रतिशतले महँगो छ । त्यस्तै ग्यासको मूल्य गत वर्षको तुलनामा ६३ प्रतिशतले बढी हो । पाकिस्तानमा पेट्रोल पाकिस्तानी रुपैयाँ प्रति लिटर ३२४ मा बिक्री हुन्छ।

एक्सप्रेस ट्रिब्यून अनुसार राजनीतिक रूपमा संवेदनशील चिनी जस्ता नाश नहुने खाद्य वस्तुहरूको मूल्य निरन्तर उकालो लागेको छ। पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) ले उपभोक्ता मूल्य सूचकांक एक वर्ष अघिको तुलनामा सेप्टेम्बरमा ३४ दशमलव ४ प्रतिशतमा पुगेको छ।

यो विगत चार महिनामा सबैभन्दा उच्च मुद्रास्फीति हो ।

नयाँ तथ्याङ्कले सरकार र स्टेट बैंक अफ पाकिस्तानले ब्याजदर २२ प्रतिशतमा राखेर राजकोष र व्यवसायमा भारी खर्च ल्याए पनि आफ्नो वार्षिक मुद्रास्फीति २१ प्रतिशतको लक्ष्यलाई फराकिलो मार्जिनले गुमाउने देखाएको छ।

पाकिस्तानको वार्षिक मुद्रास्फीति दर मे महिनामा अहिलेसम्मकै उच्च स्तरमा ३८ प्रतिशत पुगेको छ ।

गत हप्ता पाकिस्तानको अन्तरिम अर्थमन्त्री शमशाद अख्तरले गत आर्थिक वर्षको तुलनामा ९ करोड ५० लाख मानिस वा जनसंख्याको झण्डै ४० प्रतिशत गरिबीमा बाँचिरहेको बताएका थिए। अख्तरले वित्त सम्बन्धी सिनेटको स्थायी समितिलाई बेरोजगारी दर १० प्रतिशतमा पुगेको बताए।

पीबीएसका अनुसार मुद्रास्फीति सहरमा २९ दशमलव ७ प्रतिशत र ग्रामीण क्षेत्रमा ३४ प्रतिशत पुगेको छ । खाद्य मुद्रास्फीति सहरी क्षेत्रमा ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा ३४ दशमलव ४ प्रतिशत रहेको छ ।

पीबीएसका अनुसार एक वर्ष अघिको तुलनामा सेप्टेम्बरमा चिनी ९४ प्रतिशतले महँगो भएको थियो । अस्थिर ऊर्जा र खाद्यान्नको मूल्य बाहेक गणना गरिएको कोर मुद्रास्फीति सेप्टेम्बरमा सहरी क्षेत्रमा १८ दशमलव ६ प्रतिशत र ग्रामीण क्षेत्रमा २७ दशमलव ३ प्रतिशत पुगेको प्रतिवेदनले देखाएको छ ।

गत महिना खाद्यान्न र गैर—मादक पेय पदार्थको मूल्य ३३ प्रतिशतले बढेको थियो। नाश नहुने वस्तुको मूल्य ३८ दशमलव ४ प्रतिशतले बढेको छ ।

गहुँको पिठोको मूल्य ८८ प्रतिशतले बढेको छ । मसलाको मूल्य ७९ प्रतिशतले बढेको छ । यसैबीच, चियाको भाउ ७३ प्रतिशतले बढेको र चामलको मूल्यमा झण्डै दुई तिहाइले वृद्धि भएको पीबीएसले जनाएको छ ।

पाकिस्तानमा बिजुलीको शुल्कमा १६४ प्रतिशत, पाठ्यपुस्तकको मूल्य १०२ प्रतिशत र ग्यासको शुल्कमा ६३ प्रतिशतले वृद्धि भएको द एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ।

चालु आर्थिक वर्षको जुलाई–सेप्टेम्बर अवधिमा औसत मुद्रास्फीति २९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ, जुन चालु आर्थिक वर्षको आधिकारिक लक्ष्य २१ प्रतिशतभन्दा निकै बढी हो ।

प्रतिक्रिया दिनुहोस