दुर्घटना बढेको भन्दै पाकिस्तानमा कम उमेरका चालक पक्राउ गर्न सुरु

— पाकिस्तानमा कम उमेरका चालकका कारण दुर्घटना भएको भन्दै कम उमेरका चालकलाई पक्राउ गर्न सुरु गरिएको लाहोर ट्राफिक पुलिसले नोभेम्बर १५ र १६ तारिखमा कम्तिमा २४८ जना कम नाबालिग चालकलाई पक्राउ गरेको छ ।

कम उमेरका चालकले पछिल्लो एक दुर्घटनामा दुई शिशु र दुई महिला सहित परिवारका ६ सदस्यको मृत्यु भएपछि प्रहरीले कारबाही सुरु गरेको एआरवाई न्यूजले उल्लेख गरेको छ।

लाहोरका मुख्य ट्राफिक अफिसर (सीटीओ) ले जिल्ला भित्रका सबै सर्कल र सेक्टर इन्चार्जहरूलाई सडक प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न नाबालिग चालकहरू विरुद्ध कठोर कदमहरू लागू गर्न निर्देशन दिएको छ।

नाबालिग चालकहरूले चलाउने सवारीसाधन र मोटरसाइकलहरूलाई टिकट जारीसँगै प्रहरी स्टेशन र सेक्टरहरूमा जफत गर्न निर्देशन दिएको एआरवाई न्यूजले उल्लेख गरेको छ ।

ट्राफिक प्रहरीले आफ्ना नाबालक बालबालिकालाई सवारी साधन चलाउन नदिन अभिभावकलाई आग्रह गरेको छ । ।

प्रतिक्रिया दिनुहोस