भुटानका राजनीतिक दलद्वारा देशको आम्दानी बढाउने वाचा

थिम्पु— भुटान बढ्दो मुद्रास्फीति, बेरोजगारी, बढ्दो ऋण, घट्दो सञ्चिति, स्थिर लगानी र अपर्याप्त सरकारी स्रोतहरूबाट जूझिरहेको बेला भुटानमा सबै पाँच राजनीतिक दलहरूले आफ्ना घोषणापत्रहरूलाई एउटै लक्ष्यका साथ अगाडि आएका छन् ।

सबै राजनीतिक दलले २०३४ सम्ममा उच्च आय भएको देश बनाउने बाचा गरेका छन् । उनीहरुको घोषणापत्र महत्वाकांक्षी १३ औं योजनासँग मिल्दोजुल्दो भएको भुटान लाइभले उल्लेख गरेको छ।

भुटानमा आगामी वर्षको जुलाईमा निर्वाचन सुरु हुने बताइएको छ ।

१३औँ योजनाले २०२९ सम्ममा ५ अर्ब अमेरिकी डलरको अर्थतन्त्र हासिल गर्ने र सन् २०३४ सम्ममा यसलाई दोब्बर गरी १० अर्ब अमेरिकी डलरमा पु¥याउने साहसी लक्ष्यको रूपरेखा प्रस्तुत गरेको छ ।

यद्यपि, यो उच्च महत्वाकांक्षाका लागि १ ट्रिलियन भूटानी रुपैयाँ भन्दा बढीको लगानी आवश्यक पर्दछ ।

भुटानको राजनीतिक दल भुटान टेन्डरेल पार्टी (बीटीपी) ले एक दशकमा १२ प्रतिशत वा सोभन्दा बढीको औसत वृद्धि दरको परिकल्पना गरेको छ ।

भुटानमा जलविद्युत निर्माणमा सुस्तता, अपर्याप्त वर्षाका कारण विद्युत् उत्पादनमा आएको कमी र उत्पादन क्षेत्रको कमजोर बृद्धिलगायत विभिन्न कारणले सुस्तता आएको हो ।

२०२० मा कोभिड–१९ महामारीले स्थितिलाई अझ गहिरो बनायो, जसले गर्दा १० दशमलव १ प्रतिशतको नकारात्मक आर्थिक वृद्धि दर भएको भुटान लाइभ उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस