पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना प्रान्तको खैबर जिल्लामा भएको हो । बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले सो टोलीलाई निशाना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीको विज्ञप्ति अनुसार प्रहरीको जवाफी कारबाहीमा आतङ्ककारीको मृत्यु भएको हो । फरार अपराधीहरूलाई पक्राउ गर्न सो क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पोलियो टोली सुरक्षित रहेको छ भने बालबालिकालाई पोलियो खोप खुवाउने अभियान अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस