संयुक्त राष्ट्र संघका विज्ञद्वारा पाकिस्तानमा अफगान नागरिकको अवस्थालाई लिएर चिन्ता व्यक्त

काबुल— संयुक्त राष्ट्रसंघका विज्ञहरूले पाकिस्तानमा अफगान नागरिकहरू विरुद्ध मानवअधिकार उल्लङ्घनको खतरनाक जोखिमलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रका विज्ञहरूले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा रहेका अफगान नागरिकको सुरक्षा गर्न आग्रह गरेका छन्।

उनीहरूले नोभेम्बर १ देखि पाकिस्तान छोड्न बाध्य अफगान नागरिकहरूले उनीहरू फर्किएपछि सामना गर्न सक्ने मानवअधिकार उल्लङ्घनको डरलाग्दो जोखिमलाई प्रकाश पारे।

सबैभन्दा बढी प्रभावित हुने अफगानी नागरिकहरूमा महिला र बालिकाहरू, धार्मिक र जातीय अल्पसंख्यकहरू, पूर्व सरकारी अधिकारीहरू, अपाङ्गता भएका व्यक्तिहरू, वृद्धहरू, र अन्य शरणार्थीहरू भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस