पाकिस्तानमा छोरीलाई पढाएको निहुँमा गाउँलेहरूले किसानको गहुँ भण्डारण जलाए

सिन्ध —पाकिस्तानको सिन्ध प्रान्तको लारकाना जिल्लाको रातोदेरो सहरमा आफ्नी छोरीलाई पढ्न र कान्छो भाइहरूसँग मोटरसाइकलमा स्कूल जान अनुमति दिने किसानको गहुँ गाउँलेहरूले जलाएका छन्।
घटना आइतबार लसरी प्रहरी चौकीको नजिकै जङ्गेजा गाउँमा भएको बताइएको छ ।

स्थानीय औशक जङ्गेजोले आफ्नी छोरी जैनाब जङ्गेजोलाई मोटरसाइकलमा चलाउनबाट रोक्न गाउँलेहरूले धम्की दिएका थिए तर उनले उनीहरूको चेतावनीलाई वास्ता गरेका थिएनन् ।

ती बालिकाले स्थानीय सञ्चारमाध्यमलाई बाइकमा रातोदेरोस्थित आफ्नो हाईस्कूल जाने गरेको कुरा गाउँलेहरुलाई मन नपरेको बताइन् ।

एसएसपी लरकानाले घटनाको सूचना लिई स्थानीय प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन्। पाकिस्तानमा महिलाहरूको तुलनामा पुरुषहरूको साक्षरता दर उच्च छ।

एक्सप्रेस ट्रिब्यून अनुसार २०२२ मा पाकिस्तानमा पुरुष साक्षरता दर ७० प्रतिशतमा रहेको छ भने महिलाको साक्षरता दर ४८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस