गिलगिट बाल्टिस्तानमा विश्वविद्यालयका विद्यार्थीहरूले शुल्क वृद्धिको विरोधमा प्रदर्शन

गिलगिट—गिलगिट—बाल्टिस्तान क्षेत्रको काराकोरम अन्र्तराष्ट्रिय विश्वविद्यालयका विद्यार्थीहरूले शुल्क वृद्धि र प्रशासनिक अव्यवस्थाको विरुद्धमा प्रदर्शन गरिरहेका छन् । विद्यार्थीले कक्षा बहिष्कार गर्दै आफ्ना मागको समर्थनमा नारा लगाएको देख्न सकिन्छ ।

विश्वविद्यालय प्रशासनले उच्च शिक्षा आयोग (एचईसी)को नीतिविपरीत सेमेस्टरको शुल्क वृद्धि गरेको विद्यार्र्थीको भनाइ छ । एचईसीको नीतिले एक वर्षमा १० प्रतिशत मात्रै बृद्धि गर्ने अनुमति दिए पनि सन् २०२० देखि सेमेस्टर शुल्क १३५ प्रतिशतले बढेको विद्यार्थीको दाबी छ । विश्वविद्यालय प्रशासनले विभिन्न पाठ्यक्रममा एक सेमेस्टरमा दुई गुणा शुल्क २५ प्रतिशतले बढाएको आरोप छ ।

विश्वविद्यालयका अधिकांश आर्थिक रूपमा कमजोर वर्गबाट आएका विद्यार्थी निर्णय फिर्ताको माग गर्दै सडकमा उत्रिएका छन् । विश्वविद्यालय प्रशासनले स्रोतसाधनको दुरुपयोग गरेको आरोप लगाउँदै विद्यार्थीले कुनै पनि सुविधा नदिएको गुनासो गरेका छन् ।

‘पहिले हाम्रो शुल्क ३० हजार थियो, अहिले २५ प्रतिशतले बढाएपछि ३७ हजार रुपैयाँ छ । एचईसीको नियमअनुसार वार्षिक १० प्रतिशत बढेको भए पनि २५ प्रतिशतले बढेको छ । हामी महँगो शिक्षा धान्न सक्दैनौँ ।’— तेस्रो सेमेस्टरका इन्जिनियरिङका विद्यार्थीले भने ।

संकाय, यातायात र कक्षाकोठाको अभाव विद्यार्थीहरूले वर्षौदेखि भोग्दै आएका समस्या हुन् । सरकारले विश्वविद्यालयलाई सेमेस्टरको शुल्क घटाउन ३० करोड रुपैयाँ अनुदान दिने वाचा गरे पनि अहिलेसम्म पूरा नभएको विद्यार्थीको गुनासो छ । यसबाहेक, धेरै विद्यार्थीहरू विरुद्ध एफआईआर दर्ता गरेपछि निलम्बन र निष्कासन गरिएको छ ।

सबैभन्दा अचम्मको पक्ष यो हो कि धेरै विद्यार्थीहरूले आफू भर्ना भएको पाठ्यक्रमसँग सम्बन्धित नभएका डिग्रीहरू प्रदान गरिँदै आएको दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस