श्रीमद्भभगवद् गीताको १८ अध्याय जस्ले जीवन जिउने प्रेरणा दिनेछ (भाग २ )

करिब तीन महिनाको लामो लगाउनमा मैले श्रीमद्भभगवद् गीताका १८ अध्याय ( नेपाली र संस्कृतमा ) अनि त्यसको तात्पर्य एकपटक होइन तीन पटकसम्म पढ्ने मौका पाए।

हुन त म इन्जिनियरिङको विद्यार्थी हो त्यही पनि भगवत गीता पढ्न सारै रुचि लाग्यो। गीतालाई म भन्दा विद्वानले पनि धेरै राम्रोसँग व्याख्या गरेका छन् तैपनि मैले पढिसकेपछि छोटकरीमा श्रीमद्भभगवद् गीता के- कस्तो हो,केका लागि पढ्ने, यो पढेर हाम्ले के ज्ञान हासिल गर्न सक्छौं? भन्ने जस्ता विभिन्न मैले बुझेको र पढेको कुरा संक्षिप्तमा राख्ने प्रयास गरेको छु ।

गीतालाई जति सम्झेर बुझे पनि कम नै हुन्छ तैपनि म यस लेखमा मैले बुझेको र जानेको ज्ञान व्यक्त गर्ने छु।

श्रीमद्भभगवद् गीता अनुमानत आज भन्दा लगभग ५ हजार बर्ष पहिला अर्थात् कलियुगको आरम्भमा महाभारतको कुरुक्षेत्र नामक युद्धभूमिमा श्रीकृष्ण भगवानले गीताको उपदेश अर्जुनलाई दिएका थिए त्यसै उपदेशलाई श्रीमद्भभगवद् गीताका रुपमा परिचित मानिन्छ। “भगवद् को मतलब भगवान र गीताको मतलब गीत अर्थात् यस्तो गीत जो स्वयं भगवानले आफ्नै मुखबाट गाएको भन्ने बुझिन्छ।” यसमा कर्मयोग, ध्यानयोग, भक्तियोग, दिव्यज्ञान ,परमज्ञान, परमगोपनीयता ज्ञान एवंम योगविधिहरू जस्ता १८ अध्याय र ७०० श्लोक क्रम अनुसार सुन्दर तरिकाले वर्णन गरेको पाइन्छ।

श्रीमद्भभगवद् गीता एक किताब वा धार्मिक ग्रन्थ मात्र होइन यसमा त यस्तो ज्ञान पाइन्छ कि जुन यो पृथ्वीमा जस्तोसुकै मनुष्यले जन्म लिएर आउँछन् तिनीहरुलाई यो सिकाउँछ कि यो दुनियाँमा आफ्ना सपनाहरु कसरी पुरा गर्ने , आफ्नो व्यक्तित्व कसरी बनाउने, सकरात्मक उर्जा कहाँबाट ल्याउने, खुशी के हो? जतिसुकै ठूलो समस्याको समाधान कसरी गर्ने? राम्रो एवंम न्यायिक निर्णय कसरी लिने? बिछोडपन बाट कसरी बाहिर निस्कने? भावनात्मक स्थिर कसरी हुने? कुनैपनि व्यापार- व्यवसायमा कसरी प्रगति गर्ने?मेहनत कसरी गर्ने?

लेखक : बालगोपाल देबकोटा
हामी के हौ अनि को हौ?जीन्दगी जीउने सही तरिका के हो?मरेपछि हामीसँग के हुन्छ ?यो ब्रह्माण्ड कसरी बन्यो?के भगवान छन्? यदि छन् भने कहाँ छन् ?के हामी पुनर्जन्म लिन्छौं? यो जीवन सत्य हो या एक काल्पनिक( सपना) या एक elution हो ? हामी हाम्रो लक्ष्य सम्म कसरी पुग्ने ? जिवनमा प्रगति कसरी गर्ने भन्ने जस्ता विभिन्न प्रशन्नको उत्तर(अर्थात् ज्ञान) यस श्रीमद्भभगवद् गीतामा पाइन्छ।
संक्षिप्तमा यस श्रीमद्भभगवद् गीताबाट के- कस्ता ज्ञान हासिल गर्न सकिन्छ:

अब हामी यस श्रीमद्भभगवद् गीतामा भएका १८ अध्याय र ७०० श्लोकले के-कस्ता ज्ञानहरु दिन खोजेका छन् छोटकरीमा बुझौं।

अध्याय १( कुरुक्षेत्रका युद्धभूमिमा सैनिकहरुको निरीक्षण)
पहिलो अध्यायबाट यो सिक्न मिल्छ कि यस्तो कुन पहिलो वस्तु हो जुन हामीलाई अगाडि बढ्न बाट रोक्छ चाहे हामिमा जतिसुकै ज्ञान होस। कुन एक वस्तुले हामी सही निर्णय लिन सक्दैन। यसको साथै सपनाबाट हकिगतमा
मनुष्य कसरी बदलिन्छ भन्ने ज्ञान प्राप्त गर्न सकिन्छ।

अध्याय २ ( गीताको सारसंक्षेप )
यस अध्यायमा हामीले भावनात्मक स्थिरता, आत्मा, पुनर्जन्म, निर्णय कसरी लिने, रिसको सबैभन्दा ठूलो कारण र त्यसको उपाए के हो? जस्तोसुकै कन्डिसनमा पनि कसरी खुसी हुन सकिन्छ? भन्ने कुराको ज्ञान यस अध्ययनबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ३ (कर्मयोग )
यस्ता दुई वस्तु (ज्ञानयोग र कर्मयोग) के-के हुन् जुन जानी सकेपछि यो दुनियामा हामीले जुनसुकै वस्तु (लक्ष्य)प्राप्त गर्न सक्छौ। हामी को हौ? हाम्रो मनलाई कसरी कन्ट्रोल गरेर राख्न सकिन्छ? हाम्रो लक्ष्यमा हामी कसरी पुग्न सक्छौ भन्नेजस्ता विभिन्न ज्ञानहरु यस अध्ययनबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ४ ( दिव्य ज्ञान)

भगवान कहिले र कुन रूपमा धर्तीमा आउनुहुन्छ ?भगवानलाई कसरी प्राप्त गर्न सकिन्छ ? गुरुबाट कसरी ज्ञान हासिल गर्न सकिन्छ ? ज्ञान लिन किन जरुरी छ? भन्ने जस्ता विभिन्न कुराको ज्ञान यस अध्यायबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ५ (कर्मयोग )
आफ्नो लक्ष्य वा सपनालाई कसरी प्राप्त गर्न सकिन्छ ? हाम्रो शरीरले अल्छिपनलाई कसरी बाँधेर राखेको हुन्छ ? भन्नेजस्ता विभिन्न ज्ञान यस अध्यायबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ६ (ध्यानयोग)
योगी को हुन् ? योगी कसरी बन्छन? योगी बनिसकेपछि के गर्नुपर्छ ? असल, सफल अर्थात् ठुलो मान्छे कसरी हुने? ठूलो मेहनत गर्दागर्दै पनि कुनै कारणले सपना (लक्ष्य)पूरा नहुँदै मृत्यु भएपछि के हुन्छ भन्नेजस्ता विभिन्न ज्ञान यस अध्ययनबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ७ (भगवानको ज्ञान)
ईश्वरले कसरी यो संसार चलाउनुहुन्छ ? ईश्वर लाई कुन-कस्तो भक्त प्यारो लाग्छ ? मनुष्य भगवानलाई किन चिन्न र देख्न सक्दैनन् भन्ने जस्ता विभिन्न ज्ञान यस अध्यायबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ८ (भगवान प्राप्ति)
भगवान को हुन्,कसरी प्राप्त गर्न सकिन्छ ? देउता को हुन् ? यो संसार कसरी चल्दछ ? किन हाम्लाई आजैबाट गारो कामको शुरुवात गर्नुपर्दछ? यो प्रमभ्रम, आध्यात्म,कर्म, यो संसार के हुन् ? यो संसारको फैसला कस्ले गर्दछ? योगीले ईश्वरलाई कसरी चिन्न सक्दछ? भन्ने जस्ता विभिन्न ज्ञान यस अध्यायबाट प्राप्त गर्न सकिन्छ।

अध्याय ९ (परमगोपनीय ज्ञान)
नवौं अध्यायलाई सबै विधाहरू को राजा भनिएको छ, किनभने यो विधा पहिले-पहिले व्याख्या गरिएका समस्त दर्शन र सिद्धान्तहरुको सार हो। देवताको पुजा गर्दा के हुन्छ? अत्यन्त गोप्य ज्ञानलाई प्रयोगात्मक रूपमा कसरी प्रयोग गर्न सकिन्छ एवंम जस्ले जुन देवता को पूजा गर्छ म त्यही देवतासँग जोडी दिन्छु र जस्तो भावना उस्तै नतिजा भन्ने कुरा श्रीकृष्णले यस अध्यायमा भन्नु भएको छ र सही बाटो हिड्ने मनुष्य अवश्य एकदिन आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने जस्ता विभिन्न ज्ञानको वर्णन गरिएको पाइन्छ।

अध्याय १० (भगवानको एश्वर्य अर्थात् महिमा)
के भगवानको कुनै रुप हुन्छ ? भगवान कहाँ- कस्तो रुपमा हुनुहुन्छ ? के मनुष्यले भगवान लाई पुरै जान्न र बुझ्न सक्छन्? भन्नेजस्ता विभिन्न ज्ञान यस अध्यायबाट प्राप्त गर्न सकिन्छ। यस अध्यायमा भगवान श्रीकृष्णले स्वयं आफ्नो मुखार विन्दु बाट आफु को हुँ, कस्तो हु, के गर्छु, कहाँ बास गर्छु भन्ने जस्ता विभिन्न प्रश्नको उत्तर दिएको ज्ञान पाइन्छ।

अध्याय ११ (श्रीकृष्णको बिराट-स्वरुप )
यस अध्यायमा भगवान श्रीकृष्णले आफ्नो विराट रुप प्रस्तुत गर्नु भएको,कस्ता खालका नेत्रले विराट रूप हेर्न सकिन्छ भन्ने कुराको वर्णन गरेको र अर्जुनले श्रीकृष्णसँग किन क्षमा मागेका हुन भन्ने कुराकाे पनि ज्ञान हासिल गर्न सकिन्छ ।

अध्याय १२ (भक्तियोग)
आफ्नो लक्ष्यमा कसरी अडिक रहने । एक विद्यार्थी अर्थात शिष्यले आफ्नो लक्ष्य हासिल गर्न के-कस्तो दुःख एवंम प्रयास गर्नुपर्छ ? भन्ने जस्ता विभिन्न ज्ञान को बर्णन भएको यस अध्यायमा पाइन्छ।

अध्याय १३ (प्रकृति पुरुष र चेतना )
हामीले आज जस्तो काम,कार्य वा कर्म गर्छौ भविष्यमा त्यस्तै परीणामको फल प्राप्त गर्न सक्छौं भन्ने जस्ता विभिन्न ज्ञानको यस अध्यायमा वर्णन भएको पाइन्छ।

अध्याय १४ ( प्रकृतिका तीन गुण )
हाम्रो स्वभाव कसरी यस संसारमा तीन गुण (सत्य, रजु र तमोगुण) मा विभाजित छन्। हामीले अरुलाई नचाहिने कुरामा दुःख दिँदा के हुन्छ ? भन्ने जस्ता विभिन्न कुराको पनि वर्णन भएको यस अध्यायमा पाइन्छ।
सत्यगुण: सर्वश्रेष्ठ गुण हो । ज्ञान र सुखसँग जोडछ। यस गुणले मनुष्यलाई सुख दिन्छ।रजोगुण: कामना र आशक्तिबाट उत्पन्न हुन्छ। कर्म र फललाई बाँधि दिन्छ। यो कर्म गराउने गुण हो।
तमोगुण :भोक, विलास,आलस्य तथा निन्दामा बाधि दिन्छ। यस गुणले मनुष्यलाई निकै दुःख र आफ्नो स्थानबाट निक्कै तल झारि दिन्छ।

अध्याय १५ (पुरुषोत्तम योग )
यो दुनिया कुन प्रकारले एक elution हो? हामी कसरी अड्किएर बसेका छौं ? एउटा उल्टो रुखको (जरा माथितिर बाँकी पात, हाँगा तलतिर फैलिएको ) उदाहरण दिएर पुरुषोत्तम योग भनेको केहो? भन्ने जस्ता विभिन्न ज्ञानको वर्णन भएको यस अध्यायमा पाइन्छ।

अध्याय १६ ( दैवी तथा असुरी स्वभाव)
मनुष्यसँग भएका दुई स्वभाव ( दैबीय अर्थात देउता सम्मान र असुरि अर्थात राक्षस सम्मान) एवंम तिन नकारात्मक चिज बास्ना, रिस र लोप सबैभन्दा ठूला दुश्मन हुन् यिनीबाट कसरी बच्नु पर्छ? भन्ने जस्ता विभिन्न ज्ञानको वर्णन भएको यस अध्यायमा पाइन्छ।

अध्याय १७ ( श्रद्धाका प्रकार )
कर्मको, भोजनको, यज्ञको,तपको ज्ञान आदिलाई कुन तिन भागमा बाँडिएको छ। हामी सधैं सत अर्थात राम्रो बाटोमा हिँड्नुपर्छ। मानिसले सोझै कृष्णभावनामृतलाई ग्रहण गर्नुपर्दछ भन्ने जस्ता विभिन्न ज्ञान यस अध्यायमा वर्णन भएको पाइन्छ।

अध्याय १८ ( उपसंहार: सन्यासको पूर्णता )
यो अन्तिम अध्याय हो यसमा हामीले त्याग र सन्यास एउटै हो या होइन भन्ने कुरा को ज्ञान प्राप्त गर्न सक्छौं ।यस अध्यायमा गीताका सम्पूर्ण उपदेशहरू को सारसंक्षेप दिएको छ। यसमा वैराग्य,भौतिक र प्रकृतिका तीन गुण अरुभन्दा परको दिव्य स्थिती प्राप्त गर्नु नै जीवनको उद्देश्य हो भन्ने जस्ता विभिन्न कुराको सङ्केत,ज्ञान अर्थात वर्णन गरिएको पाइन्छ।

मनुष्यहरु आफ्ना सपना चाँडै पुरा हुन, छिट्टै धनी हौ भन्ने चाहन्छन् जतिसक्दो चाँडो त्यो ठूलो स्थान हासिल गरौ सोच्छन् ।आफ्ना सपना यती ठूला छन् भने के आफू भित्र पनि यति ठूलो ज्ञान हुन जरुरी छैन र ? पक्कै पनि छ हामीले यो ज्ञान श्रीमत भगवात गिता बाट मात्र प्राप्त गर्न सक्छौ। श्रिमत भागवत गीता पडिसकेपछि कुनैपनि motivational book वा motivational speaker को जरुरत पर्दैन। हजुरले श्रीमद्भगवत गीताको ठूलो किताब पढ्नै पर्दैन। मैले लेखेको एति कुरालाई बुझेर जान्नुभयो भनेपछि पनि। जतिसुकै समस्या आए पनि श्रीकृष्णले श्रीमद्भभगवद् गीतामा वर्णन गरेका अमृतवाणी जसले मनन गर्छ,लागू गर्छ जीवनमा प्रयोग गर्छ उसको समस्या मात्र समाधान होइन उसले जीवन जिउनको, आफ्नो सपना वा लक्ष्य सम्म कसरी पुग्ने भन्ने तरिका अर्थात बाटो (ज्ञान ), पनि थाहा पाउँछ। श्रीमद्भभगवद् गीता हिन्दु धर्मको मात्र ग्रन्थ होइन,जबकि भगवान स्वयं आफूले भन्नुभएको छ व्यक्ति,जाति र धर्म बाट मात्र ब्रामण हुँदैन उसको गुणबाट ब्राह्मण हुन्छ यस गितामा सबै मनुष्यको बराबर हक आजको यो दुनिया कर्म भूमि हो अर्थात मेहनतको सिद्धान्त सबैको लागि एउटै हुन्छ। त्यसैले सबै जात वर्णका र सबै उमेरका पुरुष, महिलाले श्रीमद्भभगवद् गीता पढ्नुहोस् , सुन्नुहोस वा सुनाउनुहोस् । हजुर स्वयम् आफू कर्म अर्थात् युद्ध स्थलको अर्जुन बनेर आफ्नो जीवनको लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ। यस गीताको ज्ञान ले एक दुःखी भई हारेर धनुष भुइँमा राखेका अर्जुनलाई महाभारतको महान युद्धका सर्वश्रेष्ठ योद्धा एवंम विजयता बनाई दियो। यदी हामी पनि जीवनको कुनै लक्ष्य लिएर अघि बढ्दै छौं समस्या आई परेका छन् भने हामी पनि युद्ध भूमिका एक अर्जुन हौ । त्यसैले श्रीमद्भभगवद् गीताको ज्ञान जान्न हाम्रो रोजाई होइन अधिकार अर्थात् कर्तव्य हो। यस गीता ज्ञानको मनन गरेपछि बुझे पछि हजुरलाई लाग्नेछ कि यस्तो असली ज्ञान किन मैले पहिलै प्राप्त गर्न सकिन?

जीवनको आनन्द प्राप्तीको बाटो यस श्रीमद्भभगवद् गीताले दिनेछ। हामी सबैले जीबनलाई सुधारौं आफु पनि बनौ र अरुलाई पनि बनाउने प्रयास गरौं । जब हामी एक आपसमा बन्न सुरु गर्नेछौं संसारले नयाँ आयाम पाउन सुरु गर्नेछ।यहि नै जीवनको सही आनन्द दिलाउने बाटो अर्थात् श्रीमद्भभगवद् गीताले भन्न खोजेको हो।

जय ! श्रीमद्भभगवद् गीता!

श्रीमद्भभगवद् गीताको १८ अध्याय जस्ले जीवन जिउने प्रेरणा दिनेछ (भाग १ )

प्रतिक्रिया दिनुहोस