बाङ्गेमुढामा पाँचसय वर्ष पुरानो गणेशको मुर्ति फेला

काठमाडौं- काठमाडौं बाङ्गेमुढास्थित ओलाछी टोलमा रहेको गणेश मन्दिर पुन निमार्णका क्रममा पुरानो ढुङ्गाको गणेशको मूर्ति फेला परेको छ ।

मन्दिर पूनर्निर्माणका क्रममा पित्तलको गणेशको मुर्ति उप्काउंदा पछाडि ढुगांको करिब पाँच सय वर्ष पुरानो गणेशको मुर्ति फेला परेको हो ।

असावधानीका कारण उक्त मूर्ति भने टुक्रिएको छ । टुक्रिएको मूर्ति पुरातत्व विभागको सहयोगमा जोड्न लागेको स्थानीय कृष्णप्रसाद मानन्धरले बताए ।

हजुरबुबा तुलसी नारायण माननधरले २०२२ साल तिर न्यास पूजा गरि ढुगांको पुरानो मुर्ति माथि पितलको गणेशको मुर्ति स्थापना गरेको उहांको भनाइ छ । फेला परेको गणेशको मुर्ति दुई हाते हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस