भगवान श्रीराम नेपालमा जन्मेको तथ्य प्रमाणहरु भेटिदै गएपछी भारत पनि झस्कने र आत्तिन थालेको छ!

समाचार ,भगवान श्रीराम नेपालमा नै जन्मनुभएको र अयोध्या पनि नेपालमै भएको तथ्य–प्रमाण जुट्न थालेपछि भारत अ‌ात्तिएकाे छ । नेपालकाे पर्सास्थित ठाेरी र माडीस्थित अयाेध्‍यापुरीमा अयाेध्याबारे प्रमाण जुट्न र स्थानीयले राम नेपालमै जन्मेका तथा अयाेध्या नेपालमै रहेकाे भन्‍न थालेपछि भारत झस्किएकाे छ । भारतले ठाेरीस्थित नेपाल सीमामा जंगे पिलर उखेलेकाे छ । त्यहाँ सुरक्षाकर्मी समेत बढाएकाे छ ।

भारतले नक्‍कली अयोध्यामा राम मन्दिर बनाउन तयारी थालेकाे छ । भगवान राम जन्मिएकै ठाउँमा राम मन्‍दिर बन्‍नुपर्छ भन्‍ने छैन । भगवान‍ रामका भक्त भएका विश्‍वका जुनसुकै ठाउँमा पनि राममन्दिर बनेका छन‍् ।
भारतले बावरीमस्जिद नजिकै कथित अयोध्यामा राम मन्दिर निर्माणका लागि साइत निकालेको छ । राममन्दिर ट्रष्टका सदस्य कामेश्वर चौपालका अनुसार मन्दिर बनाउन जमिन खारिएको ठाउँमा सिलान्यासको लागि दुईवटा तिथि तोकेर प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पठाइएकाे छ ।

‘हामीले प्रधानमन्त्री समक्ष अगष्ट ३ र ५ तारिखको समय पठाएका छौं, उहाँलाई जुनदिन अनुकूल हुन्छ, त्यही दिन सिलान्यास हुन्छ’-चाैपालकाे भनाइ छ । जसअनुसार साउन १९ गते जनैपूर्णिमाको दिन वा साउन २१ गतेका लागि साइत जुराइएको छ । सो दिन भारतमा राम मन्दिरको शिलान्यास गर्न लागिएको छ । मन्दिरको शिलान्यास प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम छ ।
अहिले राम जन्मभूमि भनिएको कथित अयोध्या वास्तविक अयोध्या र राम जन्मभूमि नभएको प्रमाणित भइसकेको छ । भारत सोही ठाउँलाई राम जन्मभूमि अयोध्या भएको प्रमाणित गराउन चाहन्छ ।
बावरी मस्जित रहेको सो क्षेत्र मुस्लिम समुदायको भूमि भनेर दावी गरिरहेको अवस्थामा सो भूमिमा थप विवाद थपिएको छ । जमिन खार्ने क्रममा वुद्धका मूर्ति समेत फेला परेपछि बौद्धधर्मालम्बिले सो भूमि आफ्नो भएको दावी गरेका छन् ।अखिल भारतीय आजाद बौद्ध धम्म सेनाले राम जन्मभूमि उत्खननको क्रममा फेला परेका अवशेष जोगाउन माग गरेको छ । भगवान रामको भव्य मन्दिर निर्माणको काम सुरु गर्न तयारी भइरहेको बेला बौद्ध अनुयायीले असार ३० गते घटनास्थलमा पुगे र युनेस्कोको निगरानीमा थप उत्खननको लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस