१८ वर्षीया मानवी सुब्बाको अनौठो व्यवसाय, महिनामै कमाउँछिन यति धेरै रकम

काठमाण्डाैं,यतिबेला सानै उमेरमा केहि गरूँ भन्ने धेयले सानै बालबालिकादेखि टिनएजर युवतीहरू समेत केहि नयाँ काम गरेर सामाजमा राम्रो प्रतिष्ठा बटुल्न तिर लागेका थुप्रै उदाहरणहरू छन् ।

यस्तै यतिबेला काठमाडौंकी १८ वर्षीया मानवी सुब्बाले एउटा अनौठो व्यवसाय गरिरहेकी छिन् । जहाँ उनले सेकेन्ड ह्यान्ड फेसनका कपडाहरू सङ्कलन गरेर अरूलाई बेच्ने गर्छिन्। यति सानै उमेरमा यस्तो आइडिया लगाइन कि अरूले प्रयोग नगरिएका तर राम्रै देखिने कपडाहरू संकलन गर्ने गर्छिन् ।

ती संकलित कपडाहरू राम्रोसँग सफा गर्छिन् । अनि राम्रो व्यवस्थित तवरले पुनः प्रयोगका लागि उपयुक्त पार्न जे जे गर्नु पर्छ गर्छिन् । यति मात्रै होइन उनी आतिथ्यमा समेत अत्यधिक धेरै ध्यान दिन्छिन् र यसलाई सफा र राम्रो अवस्थामा बनाएपछि मात्र बेच्छन्। धेरैले सस्तो र सस्तो मूल्यमा फेसनल लुगा लगाउने सुविधा पाएकाले उनका कपडाहरू लगाउनेहरू पनि मख्खै छन्।

यति सानै उमेरमा यस्तो छुट्टै खालको आइडिया प्रयोग गरेकि मानवी सुब्बाले यहि ब्यवसायबाट करिव मासिक ३० हजार भन्दा बढी आम्दानी गरिरहेकी छन् । भन्छिनः मैले यो सेकेन्ड हेन्डको कपडा सँकलन गरेर बेचेपछि थोरै पैसा हुनेहरूका लागि त एकदमै खुशी दिएकि छु । त्यति मात्रै नभएर उहाँहरूको खुशी सँगै मैले पनि कमाइ गर्ने माैका पाएपछि खुशी नहुने त कुरै भएन।

प्रतिक्रिया दिनुहोस