अर्बपतिले ५ रूपैयाँ पर्ने पार्ले-जी बिस्कुट खाइरहेको तस्वीर भाइरल !

काठमाडौं । पार्ले-जी बिस्कुटको प्याकेजको आकार र गणना समयसँगै घट्दै गए पनि यसको परिवर्तन नभएको पक्ष हो यसको स्वाद । स्वादकै कारण पार्ले-जीले घर-घरमा नाम कमाएको छ। गरिबदेखि धनीसम्म यसको स्वादका सौखिन छन् । त्यसैले कम्पनीले प्याकेटको साइज घटाए पनि मूल्य भने ५ रुपैयाँ मात्रै छ ।

वास्तवमा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा इन्डिगो एयरलाइन्सका सह-संस्थापक तथा एमडी राहुल भाटिया उडानका क्रममा ५ रुपैयाँको चिया र पार्ले–जीको मजा लिइरहेका छन् । यसअघि पनि एक समय विश्वकै सबैभन्दा धनी रहेका माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स फुटपाथमा बर्गर किन्न लाइनमा बसेको तस्वीर भाइरल भएको थियो ।

उद्योगी राहुल भाटियाले चियामा डुबाएर पार्ले-जी बिस्कुट खाइरहेका छन्, उनको अगाडि टेबुलमा ५ रुपैयाँको पार्ले-जी बिस्कुटको प्याकेट राखिएको छ । वास्तवमा, यो तस्विरले पार्ले-जीको लोकप्रियताको अनुमान दिन्छ। गरिबहरूका लागि पार्ले-जी यात्राको साथी मात्र होइन, धनीहरू पनि यसको स्वादमा विश्वस्त छन्।

राहुल भाटिया सादगीका लागि परिचित छन्। फोर्ब्सका अनुसार राहुल भाटिया र उनका पिता कपिल भाटियाको रियल टाइम नेट वर्थ करिब ४.७ बिलियन डलर छ। पार्ले-जी एक प्रसिद्ध बिस्कुट ब्रान्ड हो। यसको ५ रुपैयाँको प्याकेट देशमा धेरै बिक्री हुन्छ । सन् २०२० मा लकडाउनको समयमा पार्ले-जीको रेकर्ड बिक्री भएको थियो। यस क्रममा पार्ले-जी बिस्कुट यति धेरै बिक्यो कि विगत ८२ वर्षको रेकर्ड तोडियो ।

पार्लेको यात्रा सन् १९२९ बाट सुरु भएको थियो। यो त्यो समय थियो जब भारतमा अंग्रेज शासन विरुद्ध आन्दोलनले गति लिएको थियो । स्वदेशी आन्दोलन महात्मा गान्धीको स्वतन्त्रता आन्दोलनको केन्द्र बिन्दु थियो। उनले यसलाई स्वराजको आत्मा पनि भने। यसबाट अंग्रेज शासनका सामानहरू बहिष्कार गरी आफ्नै उत्पादनमा जोड दिइयो।

प्रतिक्रिया दिनुहोस