अन्तिम संस्कारका लागि लैजान लागेका व्यक्ति अचानक उठेपछि अर्को व्यक्तिको निधन

काठमाडौं । के हुन्छ जब अन्तिम संस्कारका लागि लिएको मान्छे उठ्छ ? साउदी अरेबियामा यस्तै घटना देख्न पाइएको छ । साउदीको मारोकेच सहरस्थित एक अस्पतालमा गत शुक्रबार उपचारका लागि एक बिरामी भर्ना भएका थिए । उपचार गर्न भर्ना भएका ती बिरामीलाई डाक्टरहरूले मृत घोषणा गरिदिएपछि नयाँ काण्ड सुरु भएको हो । मृत भएका ती व्यक्तिलाई परिवारहरूले अन्तिम संस्कारका लागि लिन खोज्दैथिए ।

मस्जिदबाट धर्मगुरू बोलाएर सबै खालको तयारी पुरा गरिएको थियो । धर्मगुरूले मृत व्यक्तिलाई अन्तिम बिदाइ गर्न नमाज पढ्न सुरू गरे । तर मृत भनिएका व्यक्तिको अन्तिम बिदाइ हुँदै गर्दा ती व्यक्ति उठे । अन्तिम संस्कार गर्न तयारी पारेको मान्छे उठेको देखेर धर्मगुरूलाई हृदयघात भयो जसपश्चात उनको निधन भयो । धर्मगुरुको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस