यो कस्तो अन्धविश्वास …… आत्मा फर्काउन महिलाको लास २० दिन घरमा !!!

विश्व चन्द्रमामा पुगिसके, वैज्ञानिक अर्को पृथ्वीको खोजिमा छ तर कुनै ठाउँ यति अन्धविश्वासमा रुमल्लिएको छ कि लासमा आत्माको प्रवेशको लागि पुजा पाठ गर्दैछ । कहानी हो हाम्रै एक छिमेकी देश भारतको । हो भारतको तमिलनाडुको डिंडीगुलवाट आएको मार्मिक र दर्दनाक खवर । जहाँ वच्चाको आमाको मृत्यू हुन्छ तर वच्चाहरु आमालाई भगवानले फेरी वचाउनु हुन्छ भन्ने आशमा हुन्छ । वच्चाहरुको यो पुरा हुन नसक्ने आशलाई अन्जाम दिन एक पुजारी लागि परेको हुन्छन् ।

पुरा घटनाको प्रकृति यस्तो छ । इंदिरा नाम गरेकी एक आईमाईको डिंडीगुलको एक महिला पुलिस थानामा हेड कन्स्टेवलको रुपमा काम गरिरहेकी थिईन् । उक्त आईमाईमा शारिरिक समस्या थियो । उनको १३ साल र ९ सालका दूई वच्चा वच्ची थिई । दुवैको हेरचारको जिम्मा उक्त महिलाको थियो । शारिरिक समस्याको कारणले उक्त महिला काममा जान नसकेको अवस्था थियो । काममा नआएकोले उक्त महिलाको साथी उनलाई भेट्न उनको घरमा आईपुग्छ र घरमा वच्चाहरुलाई भेट्छन् । घरको भित्रवाट नराम्रो गन्ध आईरहेको हुन्छ । उक्त महिलाको साथीले वच्चाहरुलाई उनको आमा कता छ भनि सोधखोज गर्दा वच्चाहरुले आमा सुतिरहेको र उसलाई नउठाउन भन्छन् । यदि उठायो भने भगवान रिसाउँछ भन्छन् ।

त्यस पछि उक्त महिलाको साथिलाई शंका लागि सम्वन्धित व्यक्तिलाई यो कुराको जानकारी दिन्छन् । जव पुलिस आएर जाँचपदताल गर्छ त इंदिराको २० दिन अगावै मृत्यू भईसकेको थाहा हुन्छ । इंदिराको लासको वरिपरी पुजाका सामाग्री देखेकोले पुलिसले जाँच गर्दा इंदिरा ७ डिसम्वरमा वेहोश भएकी हुन्छिन् । तर एक जाना सुदर्शन नामको पुजारीले वच्चाहरु र इंदिराको वहिनीलाई अस्पताल नलैजान सल्लाह दिन्छ यदि अस्पताल लगे भगवान रिसाउँछ र इंदिराको रक्षा गर्दैन भन्छ । सुदर्शन पनि त्यो वेला देखि उक्त परिवारको साथ घरमै कुरीरहेको हुन्छ । घरमा वाहिरवाट कोहि पनि आउन नमिल्ने गरी भित्र २० दिन सम्म इंदिराको आत्मा फर्काउने भनि पुजा गरिरहन्छ ।

पुलिसले उक्त सुदर्शन भन्ने व्यक्ति र इंदिराको वहिनीलाई सोधपुछको लागि हिरासतमा लिएको छ । पुलिसले विभिन्न कोणवाट उक्त घटनाको छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस