रुखमा आमाले खिचिन् छोराको फोटो, घर पुगेर फोटो हेरेपछि निन्द्रा भयो गायब !

गोर्खाली खबर

इंगल्याण्ड नजिकैको नर्थम्बर’ल्याण्डमा एक महि’ला केही दिन यता सुत्नै नसकेको दाबी गरिरहेकी छिन् । आफ्नो छोराको पछाडि भूत’जस्तै देखिने अपरिचित बालक’को अनुहार र छोराको काँध’मा उनको हात देखेदेखि उनी डराए’की छिन् ।

लाउराले गत सोमबार नर्थम्बरल्याण्ड’स्थित प्लेसी वुड्स कन्ट्री पार्कमा परिवारसँग पिकनिक गएका बेला खिचेका थुप्रै तस्बिरमध्ये एउटा तस्बिर भिन्न भेटियो ।१५ वर्षीया लाउरा’की छोरी चा र्लोट र १६ वर्षे ज्याक ठूलो रुखमा चढे भने ९ वर्षीय उनका छोरा बाइरिन वाट्सन रुखमुनी अडेस लगाएर फोटो खिचाए ।

मेडिकल रिसेप्सनिष्ट लाउरा’ले ती फोटो घर आएर हेर्दा बाहिरिनको पछाडि अर्को बालकको फोटो देखेपछि उनी तर्सि’एकी हुन् । त्यहाँ उनीहरुबाहेक अन्य कोही व्यक्ति नभ’एको उनको दाबी छ । भूतबारे पहिले विश्वास नगर्ने उनलाई उक्त फोटोले भूत’प्रति विश्वास जगाए’को उनले बताएकी छिन् ।

उनले उक्त ठाउँमा पुनः जाने सोच बना’एको जान’कारी दिँदै आफ्नो भूत’प्रति रुची बढेको उनले बताइन् । उनी भन्छिन्, ‘हामीलाई ती बालकले घरसम्म नपछ्याओस् भन्ने आशा छ ।’न्यूक्यासलकी लाउरा भन्छिन्, ‘यो निकै असाधारण हो र यसले सबैलाई त्र सि त बनाएको छ । म र मेरी छोरी हिजो राती सुत्नै सकेनौं ।

हामी निकै डरा’एका थियौं ।‘मेरो श्रीमानको नाइट ड्युटी परेको छ । म घरमा एक्लो छु । उनले हामीलाई पछ्याए’का छन् कि भन्ने डर गढेको छ ।’‘फेसबुकका मेरा साथीले हाम्रो निम्ती प्रर्थना गरिरहेका छन् ।’‘मैले यस्ता कुरालाई पहिले वाहियात भन्थें । मैले आफैंले देखेपछि मात्र विश्वास भयो ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस