विवाहको अघिल्लो दिन वेहुलाको अप’हर’ण, भोलीपल्ट भेटियो कुवामा शव

गोर्खाली खबर

एजेन्सी । विवाहको अघिल्लो दिन अ’पह’रित एक युवकको विवाहको दिन शव फेला परेको छ । यो घटना भारत बिहारको वैशाली जिल्लाको हो । उनको शव विवाहकै दिन कुवामा फेला परेको छ ।

वैशाली जिल्लाको सरायमा भएको घटनाले त्रा स उत्पन्न भएको छ । चन्दन नाम गरेको युवकको बिहेको सबै तयारी पुरा भएको थियो । मंडप पनि बनाइसकिएको थियो । पाहुनाहरुले घर भरिएको थियो । तर विवाहको अघिल्लो दिन उनको अप’हर’ण भयो ।

घटनावारे प्रहरीलाई जानकारी गराइयो । बेहुला हराएको भन्दै प्रहरीले उजुरी दर्ता गरेको थियो । खोजीको क्रममा चन्दनको शव कुवामा फेला परेको छ ।

मान्छेहरूको भीड घटनास्थलमा जम्मा हुन थाल्यो। सूचना पाएपछि पुलिस पनि त्यहाँ पुगेको थियो। एसडीपीओ सदर हाजीपुर, राघव दयालले जानकारी पाउने बित्तिकै अनुसन्धान सुरु भएको जानकारी दिए।

घटनास्थलको अवस्था देखेर दुलहा चन्दनलाई कु’ट पि’ट गरीएको देखिन्छ, प्रहरीले भनेको छ । अहिले सम्म घटनामा संलग्न पक्राउ परेका छैनन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस