डिभोर्स गरेकी गायिका अञ्जु पन्तले थिर कोइरालासँग बिहेको तयारी गरेकी छिन्

गोर्खाली खबर

एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।

अनलाइनखबरसँग कुरा गर्दै थिरले भने–‘हामीहरु एकबर्षदेखि प्रेममा छौ । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने हल्लाहरु गलत हुन् । बिहेको कुरा भैरहेको छ । चाडै पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ ।

’ उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको जानकारी दिए । उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाहा हुँदै थियो । तर, बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’

थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि, भने उनीहरु न्जिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले शेयर गरेको देखिन्छ ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।Source:अनलाइनखबर

यो पनिपढ़नु होस:काठमाडौं। बुधबार साँझ महानगरीय प्रहरी परिसर भक्तपुरमा आ’श्चर्यजनक घटना भयो । कसैले सोच्दै नसोचेको, कल्पनै नगरेको विशिष्ट पाहुना कार्यालयमा टुप्लुक्क आइपुगे।

पाहुना थिए सालकको बच्चा । प्रहरी परिसरमै सालकले बच्चा जन्मायो । प्रहरी कार्यालयमा सालकले कसरी बच्चा पायो ? यो कथा सुरु हुन्छ ध्रुवबहादुर मगर र भिमबहादुर मगरको कर्तूतबाट ।

बुधबार दिउँसो भक्तपुरको लोकन्थली सडकमा ध्रुव र भिमबहादुर सालक सहित प’क्राउ परेका थिए । संकटापन्न वन्यजन्तुको सूचीमा छ सालिक । त्यसैले दुईजना प’क्राउ परे, सालकलाई पनि बाकसमा राखेर प्रहरी परिसरमा ल्याइयो।

तर, अपरान्हपाँच बजेतिर अचम्म भयो । सालकले बच्चा जन्मायो । अनपेक्षित पाहुना आएपछि प्रहरी परिसरमा हल्लीखल्ली भयो । अब के गर्ने ? प्रहरीले बोलायो धाईआमालाई । धाईआमा अर्थात् प्रतिभा कस्पाल । सालकमा विद्यावारिधी गर्ने एक मात्र नेपाली प्रतिभा नै हुनुहुन्छ । भक्तपुर नै हो प्रतिभाको घर पनि।

भक्तपुर प्रहरीले प्रतिभासँग सम्पर्क गर्‍यो । प्रतिभाले प्रहरी कार्यालय पुगेर माउ र बच्चालाई स्याहार गर्ने तरिका बताइदिनुभयो । सनराइज खबरसँगको कुराकानीमा प्रतिभाले भन्नुभयो– ‘जन्मिएको केही घन्टापछि मैले माउ र बच्चालाई देखें । बच्चालाई बोतलबाट दूध खुवाउनुपर्ने जस्तो लागेको थियो तर माउले नै दूध खुवायो।’

माउ र बच्चालाई थोरै अण्डा पनि खुवाइयो । तस्करबाट उद्दार गर्नासाथ सालकले बच्चा पाएको यो आ’श्चर्यजनक र सुखद घटना थियो। सबैभन्दा चकित चाहिँ सालक तस्करी गरेर ल्याउने दुईजना भए । सालक बच्चा पाउने अवस्थाको छ भन्ने उनीहरुलाई थाहै थिएन। प्रहरीकाअनुसार उनीहरुले धादिङबाट ल्याएका हुन् सालक।

असाध्यै शान्त र सोझो हुन्छ सालक । त्यसैले यसलाई सजिलै पक्रन्छन् । आफूलाई सुरक्षित बनाउने खबटा नै सालकको कालबन्ने गरेको छ । मानिसले सालक मारेर खबटा निकाल्छन् ।

चीनलगायत केही देशमा यसको खबटा सजाउन र औषधी बनाउन प्रयोग गरिन्छ । जन्मनासाथ सालकको शिशुको शरीरमा कालो धब्बा देखिँदैनथ्यो ।जन्मेको २० घन्टा नबित्दै खबटा आउने लक्षण स्वरुप शिशुको शरीरको विभिन्न भाग कालो हुन थालेको छ।

सालकको बच्चाको जन्मनासाथ आँखा खुल्दैन । प्रतिभा कस्पालका अनुसार जन्मेको करिब सातदिनमा शिशुले आँखा देख्न थाल्छ र वयस्क नहुन्जेल अर्थात् ६ महिनादेखि एक वर्षसम्म आमाकै साथमा जंगलमा विचरण गर्छ । प्राकृतिक अवस्थामा जन्मन नपाएको र मानिसबाट तर्सिएको हुनाले बच्चा नबाँच्न पनि सक्ने चिन्ता लागेको प्रतिभाले बताउनुभयो।

सालकको माउ र बच्चालाई भक्तपुर प्रहरीले बिहीबार दिउँसो डिभिजन वन कार्यालय पठायो । वन कार्यालयले अरु अवस्थामा भए बरामद वन्यजीवलाई वनमै लगेर छाडिदिने गरेको थियो । तर, सुत्केरी र नवजात शिशु भएकाले सदर चिडियाखाना जाउलाखेल पठाइदिएको छ।

प्रतिक्रिया दिनुहोस