वरिष्ठ समाजसेवी तथा लेखिका ज्वाला संग्रौलाद्वारा राष्ट्रपति बिद्या भण्डारीलाई खुल्ला-पत्र

नेत्र न्यौपाने/काठमाडौँ

वरिष्ठ समाज सेवी तथा चर्चित लेखिका ज्वाला संग्रौला द्वारा रास्ट्रपति विद्या देवी भण्डारी लाई सामाजिक संजाल मार्फत खुल्ला पत्र लेखेकी छिन ।

निर्मलाको हत्या भएको ५ महिना १९ दिन पछि मात्रै भण्डारीले पन्तको बारेमा बोलेको जस्तै भागीरथीको बारेमा बोल्न नपाउने भन्दै छिट्टै नै भागीरथीको हत्यारा छानबिन गरेर हत्यारालाई सार्बजनिक गरेर टॅुडिखेलमा फॅासी दिने ब्यबस्था मिलाउनुस् भन्दै पत्रमा लेखेकी छिन ।

साथै भागीरथिको लाश अस्पतालको फ्रिजमा रहेको र त्यो ठाउमा आफ्ना हरुलाई राखेर हरे पछि के गुज्रन्छ मनमा, त्यो महसुस गर्नुस भन्दै पत्रमा लेखिएकी छिन ।

हेर्नुहोस खुल्ला पत्र जस्ताको तस्तै

रास्ट्रपति ज्यु लाई खुल्ला पत्र
सम्नाननीय रास्ट्रपति ज्यु,
मलाई याद छ त्यो दिन , जुन दिन तपाईले निर्मला हत्याकाण्डपछि ब्यापक जनदबाब बढेका कारण बोल्नु भएको थियो, “ ढिलो गरि न्याय पाउनु भनेको न्याय नपाउनु जस्तै हो!” तर जुन दिन तपाईले यी शब्द बोल्दै हुनुहुन्थ्यो, त्यो दिन निर्मलाको हत्या भएको ५ महिना १९ दिन पुरा भैसकेको थियो!

मैले तपाईको अभिब्यक्तिको खण्डन गर्दै भनेकी थिॅए, “ ढिलो बोल्नु पनि नबोल्नु जस्तै नै हो! “ रास्ट्रपति ज्यु, आज निर्मला जस्तै गरि अर्की छोरी भागिरथी मारिएको ३ दिन भो। घरमा आमा मुर्छा पर्दै बर्बराईरहेकी छिन्!

शरीरबाट श्रीमानको बियोगको सेतो कपडा फेर्न नपाउदैं एउटै मात्र आशा भरोसा अनि बुढेसकालको सहारालाई बिधालय बाट घर फर्कदै गर्दा बाटोमै पापीहरुले चॅुडेर लगिदिए। तपाईलाई अलिकति आलोचना गर्नेहरुका बिरुद्द तपाईका छोरीहरु नरम सोफामा बसेर हिटलर शैलिमा स्टाटस हान्छन्! भागिरथीकी आमालाई चाहिॅ अब कस्ले सम्हाल्छ? कस्ले आमा भनेर बोलाउॅछ? तपाईकी उषाकिरण र भागिरथी एउटै हुन् रास्ट्रपति ज्यु !

चॅाडो गर्नुस्, भागिरथीका हत्यारालाई सार्बजनिक गरेर टॅुडिखेलमा फॅासी दिने ब्यबस्था मिलाउनुस् ! भागिरथीको लास अस्पतालको फ्रिजमा छ ! त्यो ठाउॅमा आफ्नाहरुलाई राखेर हेर्नुस्! अनि के गुज्रन्छ मनमा, त्यो महसुस गर्नुस ! राजनैतिक प्रतिसोध सॅाधेर यस्लाई चिडियाखानामा हुल्छु , उस्लाई चिडियाखानामा हुल्छु भन्ने फटाहा गृहमन्त्री बादललाई तुरन्त बैतडी पठाउनुस र हत्यारालाई २४ घण्टाभित्र समाउन लगाउनुस् !

प्रतिक्रिया दिनुहोस