विदेशबाट ल्याइएका मोबाइल फोन दर्ता कसरी गर्न सकिन्छ?जान्नु होस

फोन दर्ता कसरी गर्न सकिन्छ?
प्राधिकरणका अनुसार मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्नो वेबसाइटमा (nta.gov.np)मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सक्छन्।वेबसाइटमा उपलब्ध फारममा आफूले प्रयोग गरिरहेको मोबाइलबाट *#06# थिचेपछि प्राप्त हुने आईएमईआई नम्बर उल्लेख गर्नुपर्ने हुन्छ।

त्यसबाहेक त्यहाँ नागरिकता वा राहदानी नम्बरसहित विभिन्न किसिमका व्यक्तिगत विवरणको माग गरिएको हुन्छ।नेपालमा २०६६ साल देखिनै आयात गरिएका फोनहरूको टाइप अप्रुभल (बजार बिक्री गर्नका लागि उपकरण योग्य छ छैन भन्ने विवरण) आयातकर्ताहरूले गराउँदै आएका छन्।

मिश्रका अनुसार नेपालमा विद्युतीय उपकरणको लाइफ (उपभोग गरिने औसत समय) ३.४ वर्ष निकालिएको छ।जसको अर्थ टाइप अप्रुभल भइसकेको भए पनि प्रयोगकर्ताको मोबाइल फोन सेट परिवर्तन भइसकेको हुनसक्ने हुँदा र प्राधिकरणको मुख्य उद्देश्य आएमइआइ नम्बर लिने भएकाले पुराना फोन प्रयोग गर्ने सबैले फोन दर्ता गर्न जरुरी हुने प्राधिकरणको भनाइ छ।

फाइदा के, बेफाइदा के?
आइटी सुरक्षासम्बन्धी मामिलाका एक जना विज्ञ राजनराज पन्त सरकारले अवैध रूपमा आएका सामान निरुत्साहित गर्नका लागि मात्रै आईएमईआई नम्बर दर्ता गर्न खोजेको आफ्नो बुझाइ रहेको बताउँछन्।यद्यपि यसले बजारमा आउन सक्ने नक्कली सामानको आयात पनि निरुत्साहित हुने उनको बुझाइ छ।

त्यस्तै आईएमईआई नम्बर दर्ता भएको अवस्थामा सरकारले मोबाइलबाट भएको कुराकानी ट्र्याक (कहाँबाट सञ्चालन भइरहेको छ पहिचान) गर्न नसक्ने तर मोबाइल वा मोबाइल फोन बोकेको व्यक्ति भने सजिलै पत्ता लगाउन सकिने उनको भनाइ छ।

”नेटवर्क र मोबाइल ट्र्याक गर्न मिल्छ आईएमईआईका आधारमा,” उनले भने।”यसले गर्दा हराएको फोन पनि सहजै पत्ता लगाउन सकिन्छ।”तर कतिपय व्यक्तिहरूले भने राज्यसँग आफूलाई ट्र्याक गर्ने अधिकार नरहेकाले यसको दुरुपयोग हुनसक्ने चिन्ता व्यक्त गरिरहेका छन्।

उक्त संशयबारे पन्त भन्छन्: ”गुगलबाट सहज रूपमा आएमइआइ नम्बर ट्र्याक गर्न सकिने हुँदा त्यस्तो प्रश्न गर्ने आधार भने कमै छ।”

प्रतिक्रिया दिनुहोस