“कुलमान न काकापट्टिका न आमातिरका तर पनि किन–किन आफ्नैजस्ता लाग्ने” दीपकराज गिरी

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिलाई लिएर कलाकारहरुले खुसी व्यक्त गरेका छन् । कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ति गर्ने सरकारको निर्णयप्रति हास्य कलाकार दीपकराज गिरीले खुसी व्यक्त गरेका छन् ।

उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “कुलमान न काका बाउका छोरा । न आमा पट्टिका न मामा पट्टिका भने जस्ता । तै पनि किन–किन आफ्नै जस्ता लाग्ने ।”

लोडसेडिङ हुँदाका दिनहरु सम्झिँदै दीपक लेख्छन्, “उनको कार्यकाल थपियोस् भनेर एकताका खुबै कराइयो । उफ्रियो । यसको मतलब कुलमानबाहेक अरू कसैले प्राधिकरण हाक्न सक्दैन भनेर पनि होइन । आज पनि म कहिलेकाहीँ त्यो कालो अध्यारो र चिसो रातहरु सम्झन्छु । त्यतिबेला साँझ नै नपरोस् जस्तो लाग्थ्यो ।”

करिब एक दशक निरस र कष्टकर जीवन बिताउनु परेको र त्यसबाट बाहिर ल्याउने कुलमानलाई पुनः नियुक्तिको माघ गरेको प्रसंग दीपक सम्झिन्छन् ।

“आज ती दिनहरू इतिहास भएका छन् । यिनै कुलमानको आगमन पछि हामि भावनात्मक छौं । दिमागले मात्रै होइन मनले पनि सोच्ने गर्छौं । त्यसैले त राज्यले उनको कार्यकाल थपेर एकपटक पुरस्कृत गरोस् भन्ने लागेको हो । तर त्यो त्यतिबेला सम्भव भएन ।

तर आज ढिलै भए पनि उनको पुनः आगमनले म जस्ता धेरै नेपालीलाई खुसी लागेको हुनुपर्छ,” उनी अगाडि लेख्छन्, “राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको छ ।”स्वतन्त्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना र राम्रो कामको तारिफ गरिन्छ भन्दै उनले कुलमानको पुनः नियुक्ति जनप्रिय निर्णय भएको बताएका छन् ।

कुलमानको पुनः नियुक्तिका लागि तत्कालीन समयमा कलाकारहरुले सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब दिएका थिए

प्रतिक्रिया दिनुहोस