आफ्नो दुखलाई आफै भित्र राख्नु किनकि दुनियामा त्यस्तो मान्छेहरु पनि छन् कि तिम्रो दुखलाई रोई रोई सोध्छन् र हाँसी हाँसी दुनियालाई सुनाउछन

१) कस्तो चमत्कार छ यो प्रकृतिको, जिउदो मान्छे पानीमा डुब्छ र तैरिएर देखाउछ । २) सम्बन्ध एउटा कपडा जस्तै हो जतन गरे लामो समयसम्म चल्ने जतन नगरे छिटो फाटेर जाने ।

३) जे कुरा गर्न गाह्रो हुन्छ, त्यहि गर किनकि गाह्रो भएको कारणले सबैले त्यसलाई छाड्ने गर्छन्, अनि तिमीलाई बिजेता बन्न सजिलो हुन्छ ।

४) सम्झौताले बनाएको सम्बन्ध स्वार्थ रहेसम्म मात्र टिक्छ तर प्रेमले बनाइएको सम्बन्ध अन्तिम सास रहेसम्म टिक्छ । ५) बिश्वासले बनेका सम्बन्धहरु मा कसम खानु जरुरी छैन किनकि बिश्वास भन्दा ठुलो कसम हुदैन ।

६) लडाई चाहे कुनै पनि होस् तर जो लड्छ उसले केहि न केहि गुमाएकै हुन्छ । ७) कहिले काही तपाईको आफ्नै मान्छेले पनि तपाईको बारेमा मिठो मिठो कुरा गरेर तपईलाई साथ् हैन धोखा दिईरहेका हुन्छन् ।

८) यदि कसैले तपाईलाई धोका दिन्छ भने यो उसको गल्ति हो तर केहि मान्छेले फेरी धोका दिन्छन् भने अब यो तपाईको गल्ति हो किनकि तपाईले त्यो धोकेवाजलाई फेरी बिश्वास गर्नुभयो ।

९) कहिले काही हामी कसैको लागि यति जरुरि पनि हुदैनौ, जति हामी सोच्ने गर्छौ, त्यसैले जहाँ तिम्रो एकदम खाचो छ त्यहि मात्र आफ्नो उपस्थिति दिनु नत्र हरेकले तिमीलाई मजाकमा उडाउने छन् ।

१०) आमा जतिको शक्तिशाली यो दुनियामा अरु कोहि हुदैन किनकि मृत्युको मुखमा पुगेर पनि उसले आफ्नो सन्तानलाई जन्म दिन्छन ।

११) कुनै पनि गल्ती मान्छेले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा हो भनेर बुझ्नु । १२) कुनै भर हुदैन, दुखीको कुनै घर हुदैन ।

१३) बुढेसकालमा दुई छाक खाना तपाईको छोराले होइन तपाईले दिनुभएको संस्कारले खुवाउने छ, त्यसैले आफ्नो सन्तानलाई असल संस्कार दिनुहोस ।

१४) राम्रो सोचले मान्छेलाई सधै राम्रो बाटो मात्र देखाउछ । १५) आफ्नो दुखलाई आफै भित्र राख्नु किनकि दुनियामा त्यस्तो मान्छेहरु पनि छन् कि तिम्रो दुखलाई रोई रोई सोध्छन् र हाँसी हाँसी दुनियालाई सुनाउछन् ।

कुराकानीलाई प्रभावकारी बनाउनको लागि साधारण टिप्स : व्यक्तिगत काम देखि कार्यालयसम्मको कामको लागि सम्बन्ध बिस्तार आवश्यक हुन्छ । सम्बन्धहरुले नै समाज बनेको हुन्छ र सम्बन्धले नै बजार पनि बनेको हुन्छ ।

सम्बन्ध विस्तार गर्नको लागि महत्वपूर्ण पाटो भनेको ‘कुराकानी’ हो । कुराकानीका आधारमा मानिसले तपाईंको विचार र व्यवहारको मूल्यांकन गर्छन् र त्यही अनुसार तपाईंको सम्बन्ध विस्तार हुन्छ ।

यहाँ कुराकानीलाई कसरि प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केही साधारण टिप्स उल्लेख गरिएको छ : शारीरिक हाउभाउमा ध्यान दिनुहोस् । हात बाँधेर कुरा गर्ने, खुट्टा हल्लाउने नगर्नुहोस् ।

आँखामा हेरेर कुरा गर्नुहोस् तर एकोहोरो नहेर्नुहोस्। मुस्कुराउनुहोस्। कुराकानी गरिरहेको व्यक्तिप्रति सम्बन्ध वा पदअनुसार सम्मान प्रकट गर्नुहोस्।

कुराकानी गर्दा, मोबाइल चलाउने वा अरु कुनै कुरामा ध्यान दिने नगर्नुहोस् । यसले तपाईंले कुराकानीमा रुची देखाईरहनुभएको छैन भन्ने बताउँछ ।

कुराकानीका क्रममा आफूसंग बोलिरहेको मानिसको कुरालाई दोहोर्याएर प्रश्न गर्नुहोस् । जस्तै : ए हो ? हजुर त्यहाँ पुगिसक्नुभएको छ ? यसले तपाईंले उनको कुरा ध्यानपूर्वक सुनिरहनुभएको छ भन्ने बुझाउँछ ।

कुनै व्यक्तिले तपाईंसंग कुरा गरिरहँदा, उनको कुरा अनुसार आफ्नो अनुहारको भाव प्रकट गर्नुहोस् । यसले कुराकानी रोचक र प्रभावकारी बन्छ ।

कुराकानी गर्दा केही उदाहरण तथा छोटो घटना वा कथालाई जोड्नुहोस् । जस्तै , कुनै समस्याको बारेमा कुरा गरिरहनुभएको छ भने, त्यो समस्या तपाईंलाई कसरि आएको थियो र कसरी त्यसको समाधान गर्नुभो, छोटो रुपमा त्यसलाई बताउनुहोस् ।

कुराकानी गर्दा कुनै तेस्रो व्यक्ति वा संस्थाको नाम तोकेर उसको बारेमा नराम्रो ढंगले कुरा नगर्नुहोस् । यसले तपाईंको व्यक्तित्वमा नकारात्मक असर पार्न सक्छ ।

वरिपरि घटिरहेका समाचारहरुको बारेमा आफू अवगत भैराख्नुहोस् । कुराकानी गर्दा अनावश्यक गन्थन वा शब्द नजोडी आफूले भन्न खोजेको कुरामा केन्द्रित हुनुहोस् । कुरा गरिरहेको व्यक्तिको कुरा बीचमा काट्ने वा आक्रामक बन्ने नगर्नुहोस्। आफ्नो कुरा छोटो रुपमा तर प्रष्ट रुपले भन्नुहोस् ।

प्रतिक्रिया दिनुहोस