पैसा जोगाउन यी युवतीले कन्जुसीको हद पार गरिन, पैसा बचाउनको लागी विगत तीन बर्ष देखि कपडा पनि धोएकी छैनन् , अरु के-के गर्छिन ?

एजेन्सी । संसारमा मानिसहरु पैसा बचाउन के सम्म गर्छन । कसैले त कन्जुसीको हद पार गर्छन । यस्तै एक युवती अमेरिकामा फेला परेकी छन् । जसले पैसा बचाउनको लागी विगत तीन बर्ष देखि कपडा पनि धोएकी छैनन् । उनको कन्जुसी यतिमा मात्र सिमित छैन । तपाइँ यो महिलाले पैसा बचाउन को लागी गरेको कामका बारेमा जानेर आश्चर्यचकित हुनुहुनेछ।

अमेरिकाको न्युयोर्कमा बस्ने केट हाशिमोटोले टीएलसीको एक्स्ट्रीम चेपस्केटर शोमा कुरा गर्दै भनिन्, उनी विगत तीन बर्षदेखि न्यूयोर्कमा बस्दै आएकी छिन्। यो शहर धेरै महँगो छ, तर उनीहरुले यहाँ आफ्नो खर्च कम गर्नको लागी विशेष तरीकाहरु अपनाएकी छन् । उनीहरु कम से कम सामान को उपयोग गर्छन्।केट हाशिमोटोले भनिन् कि उनी एक महिनाको लागी मात्र २०० डलर खर्च गर्छिन ।

जे होस्, जहाँ पैसा खर्च गर्न आवश्यकता छ, उनी त्यहाँ पनि खर्च गर्दिनन् । केट कहिल्यै आफ्नो घरको लागी फर्नीचर किन्दिनन् । यसको सट्टा उनी घरको लागी फर्नीचर को रूपमा सडक किनारमा अरुले फालेका फर्निचर प्रयोग गर्छिन । अमेरिका जस्ता विकसित शहरहरुमा आफुलाई काम नलाग्ने जुनसुकै सामान सडकमा ल्याएर राखिदिने गर्छन । ति सामान आवश्यक पर्नेहरुले लैजान्छन् ।

उनले भनीन् धेरै मानिसहरु आफ्नो पुरानो फर्नीचरलाई बेकारको ठानेर बाहिर फ्याँक्छन्। यो फर्नीचर फोहोर संकलनकर्ताहरुले लैजानुभन्दा पहिला म घरमा ल्याउँछु र प्रयोग गर्छु । यस तरीकाले मैले धेरै पैसा बचाएको छु।

खाना खानको लागी उनको घरमा खाने टेबल छैन, जबकि केटले पुराना पत्रिकाहरुको बन्डल बाट एउटा टेबल बनाएकी छन् जसमा उनी खाना खान्छिन्। उनीसंग वेड पनि छैन । योगा म्याटहरुलाई एक माथि अर्को राखेर वेड बनाएकी छन् ।केटले भनिन् कि विगत ८ बर्ष देखि उनले आफ्नो लागी एउटा कपडा किनेकी छैनन्। उनले अन्तिम पटक आफैंले एउटा अंडरवियर किनेकी थिइन् ।

उनले लुगा धुने डिटर्जेंटको लागत बचाउन तीन बर्षदेखि कपडा धोएकी छैनन्।केट भन्छन् कि नुहाउँदा कपडा पानीमा धोईन्छ, त्यसैले अलग कपडा धुन के आवश्यक छ। यति मात्रै होइन, उनी पैसा बचाउन ट्वाइलेट पेपर पनि प्रयोग गर्दिनन् उनी आफैं सफा गर्न पानी र साबुन मात्र प्रयोग गर्छिन्।यद्यपि त्यहाँ केटले यस्तो कटौती गरेर कति पैसा किन र कति बचाएकी हुन् भन्ने कुरा खुलाएकी छैनन् । तर मानिसहरु पैसा बचाउने यो तरीका थाहा पाएर आश्चर्यचकित छन्।

प्रतिक्रिया दिनुहोस