बिहे गरेको दुई महिनामै श्रीमतीलाई दुईलाखमा बेचेर आईफोन किन्ने युवा पक्राउ

भारतको राजस्थानका एक युवाले बिहे गरेका १७ वर्षे युवाले बिहे गरेको दुई महिनामै आफ्नी श्रीमतीलाई एक लाख ८० हजारमा बिक्री गरेर सो पैसाले स्मार्टफोन खरीद गरेको खुलासा भएको छ । आजतकका अनुसार ती युवाले ५५ वर्षे वृद्धलाई श्रीमती बेचेका थिए । ती युवालाई प्रहरीले गिराफ्तार गरेको छ । ती युवा ओडिसाका थिए ।

सामाजिक सञ्जाल मार्फत सम्पर्क भएका युवाले २४ वर्षे युवतीलाई प्रेम जालमा पारेर बिबाह गरेका थिए । त्यसपछि उनले दुई महिना नपुग्दै ५५ वर्षे युवालाई बेचिदिएका थिए ।
पैसाको समस्या भएको भन्दै ईटा भट्टामा काम गर्न लगेका उनले केही दिनमै श्रीमतीलाई बेचेर फरार भएका थिए । उनी त्यो पैसाले महंगो फोन किनेर ओडिसा घर फर्किए र बाबुलाई पनि त्यतै बोलाएर श्रीमती कसैसँग भागेको दाबी गरे । तर सत्य त्यो थिएन ।

तर उक्त कुरा अस्वीकार गर्दै युवतीको परिवारले प्रहरीमा जाहेरी दिए । त्यसपछि प्रहरीले बारा गाँउ पुगेर ठूलो प्रयास पछि युवतीको उद्धार गरेको थियो । प्रहरीलाई गाँउ छिर्न नदिन गाँउलेले बाटोमा अवरोध खडा गरेका थिए । बल्ल तल्ल उदार गरिएकी ती युवतीलाई आमाबुवाको घर पठाईएको र युवालाई बालगृहमा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस