चीनका विषयमा भएको अमेरिका र ईयू उच्चरस्तरीया वार्तामा ताइवानको सुरक्षाको विषयमा पनि छलफल

वाशिङ्टन । चीनका विषयमा भएको अमेरिका र युरोपेली संघको उच्चस्तरीय वार्ताका क्रममा दुवै पक्षले ताइवानको सुरक्षासँग सम्बन्धित मुद्दाहरूबारेका पनि छलफल गरेका छन्।

चीनले ताइवानमा आफ्नो सैन्य घुसपैठमा वृद्धि गरेसँगै अमेरिका र ईयूले ताइवानको विषयमा पनि छलफल गरेका हुन्। अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन र युरोपेली विदेश मामिला सेवाका महासचिव स्टेफानो सानिनोले चीन सम्बन्धी अमेरिका र ईयू वार्ताको दोस्रो उच्च स्तरीय बैठकको नेतृत्व गरेका थिए।

उक्त वार्तामा प्रविधि, चिनियाँ जासुसी, मानव अधिकार, बहुपक्षीयता, विकृति र सुरक्षा लगायतका प्रमुख क्षेत्रहरूमा केन्द्रित भएको वार्तामा सहभागी अधिकारीले जानकारी दिएका छन्। त्यसैगरी सोही वार्तामा ताइवानको सुरक्षाका विषयमा पनि छलफलको भएको बताइएको छ।

सोमबार, अमेरिकाले चीनको सम्भावित सैन्य आक्रमणलाई रोक्न आफ्ना सहयोगीहरूसँग थप सहयोगको लागि आह्वान गरेको थियो।

मार्चमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सुरु गरेको ग्लोबल पोस्चर रिभ्युको निष्कर्षलाई संक्षेप गर्दै अमेरिकी रक्षा मन्त्रालयले चीनविरुद्ध बृहत सहकार्यको आह्वानसमेत गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच पनि भर्चुअल संवाद भएको थियो।

उक्त भर्चुअल सम्मेलनका क्रममा पनि अमेरिकाले ताइवानको सुरक्षाको विषय उठाएको थियो। जवाफमा चीनले ताइवानको विषय चीनको आन्तरिक मामिला भएको उल्लेख गर्दै हस्तक्षेप नगर्न आग्रह गरेको थियो।

चीनले ताइवान आफ्नो भूमि भएको दाबी गर्दै आएको भए पनि चीनले भने आफ्नो हिस्सा भएको बताइरहेको छ। अमेरिकाले चीनलाई काउन्टर दिनका लागि ताइवानको मामिलालाई उठाइरहेको छ।
चीनले ‘ताइवानको स्वतन्त्रता’ भनेको युद्धको संकेत भएको बताइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस