रक्सि पिउनु भन्दा अघि किन गरिन्छ चियर्स ?थाहा पाउनुहोस यसको कारण

रक्सि खादा सितन बिर्सिएला तर चियर्स गर्न भने कहिले बिर्सीइन्न। साथी भाइ संग बसेर रक्सि खाँदा पहिलो घुट्को अघि बोलिने शब्द हो – चियर्स

यो शब्दको अर्थ के होला त? यो कुरा भने धेरैलाई थाहा नहुन सक्छ। अझ संसार मा रक्सि खानु पुर्व चियर्स गर्न कहिले बाट सुरु भयो भन्ने बारेमा झनै त्यति जानकारी पाइदैन। त्यसो त संसारमा रक्सि कहिले देखि खान
सुरु गरियो भन्ने जानकारी पनि पाइदैन।

रक्सि खान बसेका सबैले हातमा गिलास उठाएर चियर्स भन्ने गर्दछन्। साथै चियर्स गरिसके पछि भने एक घुट्को नपीइकाँ भूईमा राख्न हुन्न भन्ने मान्यता रहेको छ। चियर्स गर्ने चलनका बारेमा धेरै थरिका मान्यताहरु पाइन्छ।
एउटा भनाइ अनुसार दुश्मन सेनाहरुको छलबाट जोगिन चियर्स गर्ने गरेको पाइन्छ। यो कथन अनुसार घुमन्ते फिरन्तेबाट कृषि युगमा संक्रमणको कबिला,सामन्तहरुको बीच निकै युद्ध चर्किने गर्दथे।

यी युद्धहरु सम्झौतामा टुंगिने बेला दुवै पक्ष कुनै चौरमा बसेर सम्झौता भोज गर्ने गर्दथे। यसरि सम्झौता गर्दा एउटा पक्षले अर्को पक्षलाई उपहार स्वरुप ठुलो कचौरामा रक्सि पठाउने गर्थे। तर कहिले कहिँ युद्धको नियम उल्लङ्घन गर्दै कुनै पक्षले रक्सिमा विष मिसाउने समेत गर्थे। जसले गर्दा एक्पक्षको सेनापतिको ज्यान जाने समेत अवस्था हुने गर्दथ्यो।

यो स्थिति देखिए पछि दुवै सेनापति पछी गैर संगै बस्ने,दुवै पक्षो रक्सि एक अर्कामा पोखिने गरि जोडले एक अर्काका कचौरा ठोकाउने र एक घुट्को सेवन गरेर मात्र तल राख्ने चलन चल्यो।यसो गर्दा विष नै मिलाए पनि दुबी पक्ष मर्ने सम्भावना रहन्थ्यो। तर कहिले भने यसरि चियर्सको चलन चलेको मान्दैनन। चियार्सको शाब्दिक अर्थ मुखमुद्रा हो। अर्थात् हामीले हाम्रो मुहारको मुद्रा राम्रो,हसिलो बनाउनुलाई चियर्स भनिन्छ।

पछी मध्येकालिन युगमा आइपुग्दा निकै नै सम्मानित र प्रचलनमा आउन थालेको पाइन्छ। राजा महाराजाहरुका लागि को संग चियर्स गर्ने ,कसरि गर्ने कुरामा समेत नियम र संस्कार बने। इसापुर्व ४५० वर्षमा पहिलो पटक प्राचिन रोममा चियर्स गरेको रेकर्ड भेटिएको एउटा पुस्तकमा उल्लेख गरिएको पाइन्छ। चियार्सलाई मध्येकालमा सम्मान स्वरुप लिईन्थ्यो भने कुनै व्यक्तिलाई सजाय दिदा चियर्स समेत गर्न नपाइने समेत गरिन्थ्यो।

१७ औं र १८ औं शताब्दीमा चियरलाई निकै नै प्रचलित भए। पार्टीमा समानरुपमा चियर्स गर्न पाईएन भने त्यसले ठुलो झगडा समेत निम्याउने गरेको पाईएको छ। सबैलाई समान रुपमा चियर्स गर्न दिए त्यो समान सम्मान गरेको प्रतिक समेत मानिएको छ।

कसैलाई ढिलो कसैलाई छिटो किन लाग्छ ?

कोहो यस्तो हुन्छन :-मदिरा केहि थोरे मात्रा सेवन गरे पनि लार्खराउने लार्बराउने हुन्छन भने कोहिलाई अलि धेरै खादाँ नि त्यस्तो नहुने हुन्छ। अमेरिकी वैज्ञानिकले यस्तो जिनको खोजी गरेको छ ,जसको सहायताले रक्सि किन कसैलाई चाडो लाग्ने गरेको छ भन्ने कुरा पट लगाउने सकिने दाबि गरेको छ। उनीहरुका अनुसार सिवाई पिटुई वन नामक यो जिन १० देखि २० प्रतिशतमा यो जीन पाइन्छ। यो जिनले रक्सीको लत संग लड्न मद्दत गर्ने विश्वास पनि उनीहरुले गरेका थिए।

रक्सीको फाइदा :-
मदिरा शरीरमा प्रवेश गरिसके पछी यसको केहि हिस्सा एक इञ्जाइम द्वारा दिमागमा पुग्ने गर्छ। सिवाई पिटुई वन जिन भएका मानिसमा मदिरा एकदम चाडै दिमगमा पुग्छ। यहि जिन मार्फत कसैलाई किन चाडो लाग्छ भन्ने भुझ्न सक्ने प्रोफेशर विल्हेल्मसनले बताएका छन्। यस नतिजामा पुग्नको लागि शोधकर्ताहरुले २ सय जोडी विद्यार्थीमा प्रयोग गरेको थियो। उनीहरु मदिराका लत भएका मानिस नभए पनि उनीहरुका आमा बुवा मध्ये एकजना भने मदिराका लतमा फसेका थिए। विद्यार्थीलाई अन्न बाट बनेको मदिरा र सोडाको मिश्रण दिईएको थियो। जुन औशतमा ३ पेग मदिरा बराबर रहेको थियो। केहि समय पछि उनीहरुलाई नसामा थिए कि होसमा ,निन्द्रा लागेको थिए कि जागै थिए जस्ता अनुभवहरु सोधेको थियो।

यसको नतिजामा सिवाई पिटुई वन जीन दिए पछि विद्यार्थीमा देखिएको असर संग सोधकर्ताहरुले तुलना गरेका थिए। सिवाई पिटुई वन जीनले व्यक्ति धेरै हद सम्म मदिराको असर झेल्न सक्छन या सक्दैनन् भन्ने कुरा निर्धारण गर्न सकिने छ। मदिराको लत एक जटिल रोग हो भन्दै प्रोफेसर विल्हेल्मसनले मानिस किन मदिरा पिउछन् यसको धेरै कारण हुन् सक्ने बताएका छन्। यो जिन केवल एक कारण हुन सक्छ ,रक्सीको बानि लाग्नु पछाडी परिवार परिवार को धेरै प्रभाव हुन सक्छ। मदिरा सेवन गर्ने आमाबुवाका सन्तान पनि त्यस्तै हुन सक्ने चार गुणा बढी हुने समेत उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस