छक्क पार्ने भैँसी- सात दिनभित्रै जन्मायो दुई पाडो, डाक्टर भन्छन्- दुर्लभ घटना

डाक्टरका अनुसार विज्ञानले यस्तो केस दुर्लभ र हजारौंमा एक मान्छ । यसलाई मेडिकल भाषामा सुपरफेटेसन भनिन्छ ।शुक्रवार बिहान ११ बजे किसान जगदीश पाटीदारको भैँसीले पाडा जन्माएपछि परिवारका सदस्यहरू छक्क परेका छन् ।

किनभने, सात दिनअघि यो भैँसीले पाडो जन्माएको थियो । जुम्ल्याहा पाडोको अवस्थामा केही मिनेट वा केही घन्टाको अन्तराल देखिए पनि यस्तो भने कहिल्यै नदेखेको किसानहरूले बताए । चोलीका पशुचिकित्सक डा. नरेन्द्र दावरले यस्ता घटनालाई चिकित्सा विज्ञानमा सुपरफेटेसन भनिन्छ ।

किसानका अनुसार तीन दिनअघि आफन्त महेश पाटीदारबाट उनले भैँसी किनेका थिए । भैँसीले जनवरी ६ मा बिहान महेश पाटीदारको घरमा पाडो जन्माएको थियो । यसपछि जनवरी १४ मा भैँसीले फेरि पाडोलाई जन्म दिएको थियो । सुपरफेटेसन एउटा अवस्था हो जसमा एउटा भ्रुण तब बन्छ जब एउटा अर्को भ्रुण पहिले देखिनै गर्भाशयमा रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस