पाकिस्तानको सिन्धमा महिला विद्यार्थीहरू माथि निरन्तर दुर्व्यवहार

कराँची पाकिस्तान, फेब्रुअरी १४ सिन्धका विश्वविद्यालयहरूमा महिला विद्यार्थीहरूको निरन्तर उत्पीडनमा चिन्ता व्यक्त गर्दै, अधिकारकर्मीहरूले यस प्रकारका घटनाहरू रोक्न असफल भएकोमा पाकिस्तानको प्रान्तीय सरकारको आलोचना गर्दै विरोध प्रदर्शन गरेका छन्।आइतबारको प्रदर्शनमा ठुलो सङ्ख्यामा नागरिक समाज र महिला अधिकारकर्मीको सहभागिता रहेको न्युज इन्टरनेशनलले जनाएको छ ।

सिन्ध प्रान्तकी महिला विकास मन्त्री सैयदा शेहला रजा, र मुत्ताहिदा कौमी मूवमेन्ट(पाकिस्तानका सिनेटर खालिदा अतेब र एमएनए किश्वर जेहरा पनि प्रान्तका शैक्षिक संस्थाहरूमा लैगिंक हिंसाका पीडितहरूसँग ऐक्यबद्धता देखाउनको लागि विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

प्रदर्शनमा वक्ताहरूलाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले नागरिक समाज र महिला अधिकार समूहहरूले शैक्षिक संस्थाहरूमा हुने यौन उत्पीडनलाई ठुलो चासोका साथ हेर्ने गरेको र पीपुल्स मेडिकल युनिभर्सिटी नवाबशाहका नर्सिङ हाउस अफिसर परवीन रिन्दको हालैको घटना को पनि चर्चा गरिएको थियो ।

नोशिन शाह, निम्रता कुमारी र नाइला रिन्दमाथि भएका अत्याचारको सम्झना गर्दै यस प्रकारका घटनाहरूको सर्वपक्षीय निन्दा पनि गरिएको थियो । वक्ताहरूले उच्च शिक्षा संस्थामा हुने यौन दुर्व्यवहारका दोषीलाई खोजी गरी कडा कारबाही गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस