भारतीय NEET को परीक्षा पास गर्ने जम्मु र कश्मीर को आदिवासी केटा , जो इन्टरनेट पहुँच गर्न नजिकको शहर सम्म पैदल आउँथे ।

हरेक वर्ष डाक्टर बन्ने सपना बोकेर भारतमा करोडौं युवाहरु नीट परीक्षामा सामेल हुन्छन् । श्रीनगर को मुल्नार हरवान गाउँका एक आदिवासी केटा तुफैल अहमदले ले राष्ट्रिय योग्यता प्रवेश परीक्षा NEET २०२१ मा पास गरेका छन् ।

जम्मु र कश्मीर को आदिवासी केटा तुफैल अहमद डाक्टर पढेर आफ्नो गाउँका मानिसहरूको सेवा गर्न चाहन्छन् । उन्का गाउँका मानिसहरू अहिले सामान्य चिकित्सा परामर्शका लागि पनि निकै किलोमिटर हिँड्नुपर्छ।

एएनआईसँग कुरा गर्दै, आफ्नो परिवार र समुदायलाई गर्व गराउन परीक्षाको तयारीका लागि आफूले भोग्नुपरेको कठिनाइहरूको बारेमा बताए।मेरो गाउँ श्रीनगर को हरवानको पहाडमा छ जहाँ यातायातको सुविधा छैन। म सरकारी विद्यालय पुग्न दैनिक दुई किलोमिटर पैदल हिँड्थे, तुफेलले भने।

उनले थपे, “हामीसँग बिजुलीको उचित आपूर्ति छैन र मोबाइल जडान सीमित छ। त्यसैले म इन्टरनेट चलाउन र भिडियोहरू डाउनलोड गर्न नजिकैको सहरमा हिंड्ने गर्थे र घर फर्केर त्यहाँबाट अध्ययन गर्थे”ू

तुफैलले डाक्टर बनेर आफ्नो गाउँका जनताहरू जो औषधि उपचारका लागि किलोमिटर हिँड्नुपर्छ, उनीहरुको सेवा गर्न चाहेको बताए ।तुफैलका भाइले थपे “उनी हाम्रो गाउँ र समुदायको पहिलो केटा हुन् जसले NEET पास गरे र मलाई आशा छ कि गाउँका अन्य युवाहरूले उहाँबाट प्रेरणा लिनेछन् र अध्ययन गर्नेछन्”

प्रतिक्रिया दिनुहोस