जसले भोगेको छ भोग्नेलाई मात्र थाहा हुन्छ…मन छुने कथा …….एकपटक अवश्य पढौं!

दुर्गाको बिबाह भएको भर्खर ७ दिन भएको थियो । तर पनि उनलाई एउटा कुरा राम्रोसँग थाहा थियो कि उनको सासू “पबित्रा” अरु आम महिलाहरू भन्दा भिन्दै हुनुहुन्छ । उहाँ धेरै नै बुझकी र समझदार आमा हुनुहुन्छ…

दुर्गन , मैतालु फर्काएपछि दुर्गाको पनि अफिस जोइन गर्नु थियो। पहिलो दिन दुर्गा अफिसबाट घर आइन सासू आमाले पहिला पानी र तातो चियाको साथमा आफैले भुटेको मकैभट्मास ल्याएर दिनुभयो…

दुर्गाको श्रीमान सन्तोष , दुर्गा अफिसबाट आएकी लगभग एक घण्टा पछि आएं, त्यसपछि दुर्गाले त्यसैगरी पानी , तातो चियाको साथमा खाजा मकैभट्मास ल्याएर दिनका लागि उठिन , ।

सासुले भन्नुभयो: थाकेर आएकी छौँ , आराम सँग बस। म ल्याउछु चिया नास्ता.. । दुर्गा बोल्नु अगाबै सन्तोष ले भन्यो: (आमा बुहारीलाई धेरै नै माया गर्दै हुनुहुन्छ) पहिला म अफिसबाट आउने बित्तिकै मलाई काम अराउनु हुन्थ्यो । “अहिले देखि नै बुहारीलाई नबिगार्नुस”

आमाले भन्नुभयो: जब म स्कुलमा बिद्यार्थीलाई पढाएर ४ बजे थाकेर घर आउथे त्यसबेला तेरो हजुरआमा र फुपुदिदीले मलाई चिया त टाढाको कुरा पानी सम्म पनि सोध्ने थिएनन् ।… र त्यसमाथी आफुहरुको लागि नास्ता बनाउनको लागि अर्डर आउथ्यो।

त्यसपछि बेलुकाको खाना आफैले बनाउनुपर्ने गाइगोठ आफैले धन्दापात आफैले , बिहान् स्कुल पढाउन।
न ढंग सँगले खान पाउथे न शरिरलाई आराम नै मिल्थ्यो…. तेरो बुबा पनि हजुरआमाको कुरामा लागेर मलाई धेरै नै दुख दिन्थे…. ।

त्यसपछि म धेरै नै बिरामी भए, तब तेरो मामलबाट हजुरआमा हजुरबुबा आएर आफैसँग मलाई माइतीघर लिएर गएका थिए। त्यहा गएपछि आराम मिल्यो र राम्रोसँग स्वास्थ खान पिउनाले शरीरमा सुधार आयो । किनकि सिर्फ औसधि खानाले मात्र केहि हुनेवाला थिएन ।

त्यसपछि तेरो जन्म भयो । हाम्रो बिबाह भएको ६ बर्षपछि…
तरपनी तेरो बुबा अझैपनी सुध्रिएनन । मैले सारा जिन्दगी जुन दु:ख भोगे त्यो दुख म आफ्नो बुहारीलाई दिन चाहन्न … ।

र तँ पनि कान खोलेर सुन, बुहारिको साथमा हरेक काममा सहयोग गर्न सिक । किनकि जसले भोगेको छ उसैलाई मात्र थाहा हुन्छ … ।
जसले तेरो लागि सबैकुरा त्यागेर आएकी छिन , उनको लागि तँ आफ्नो अहंकार त्यागेर उनलाई खुशी राख्नु.. ।

(किनकि मेरो त बुहारी पनि यिनै हुन, छोरी पनि यिनै हुन )
आज सन्तोष ले , बुझेको थियो कि , आफ्नो आमालाई कहिल्यै पनि हाँसेर बोलेको सन्तोष ले देखेको थिएन । दुर्गा र सन्तोष दुबैको आँखाभरी टिलपिल आँसु थियो ।

मनमनै दुबैले आमालाई बाकी जिबन खुशी साथ राख्ने निर्णय गरेका थिए ।
साथिहरु यो सत्य हो कि , जसले भोगेर आएको छ उसले मात्र दोस्रोको पीडाको महसुस गर्न सक्छ ।।

********
सन्तोष कार्की मौसुफ

प्रतिक्रिया दिनुहोस