मरियम नवाजले भनिन्- लाज भन्‍ने बचेको भए पाकिस्तानी प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडौं- बढ्दो अविश्वास प्रस्ताव, आन्तरिक विद्रोह र कट्टर विपक्षका बीचमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानका कारण समस्या झन्-झन् बढ्दै गएको देखिएपछि शनिबार पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का उपाध्यक्ष मरियम नवाजले प्रधानमन्त्रीविरुद्ध आक्रोश व्यक्त गरेकी छन्।

मरियम नवाजले एक मिडिया ट्वीटको जवाफ दिँदै प्रधानमन्त्री खानलाई राजीनामा दिन आग्रह गरेकी हुन्। इमरान खानको स्पष्ट सन्दर्भमा, मरियम नवाजले भनिन्, ‘ईश्वर चाहानुहुन्छ भने पनि तपाईले सरकार बचाउन सक्नुहुन्‍न। तर यदि तपाइँसँग कुनै लाज बाँकी छ भने यसलाई बचाउनुहोस् र पद छोड्नुहोस्।’

द न्यूज इन्टरनेसनलका अनुसार विपक्षी गुटहरूले इमरान खानको नेतृत्वमा रहेको प्रशासन विरुद्ध अविश्वास प्रस्ताव पेश गरेका छन्, जसको लागि मतदानको मिति नजिकिँदै गएको छ। यसैबीच, अघिल्लो दिन विपक्षी नेताहरू पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष आसिफ अली जर्दारी र उनका छोरा बिलावल भुट्टोले पाकिस्तान मुस्लिम लिग (एन) का नेता शहबाज शरीफको निवासमा भेटघाट गर्न अगाडीको अवस्थाबारे छलफल गरेका थिए।

भेटमा विपक्षी दलका नेताहरुले आगामी कार्यदिशाबारे छलफल गरेका छन्। वर्तमान अवस्थामा, इमरान खानलाई आफ्नो सरकार बचाउन गाह्रो हुने जनाइएको छ। किनभने उनका आफ्नै विधायकहरू मध्ये केहीले पीटीआई शासनको विरुद्ध विद्रोह गरेका छन्। पीटीआईका केही संस्थापक सदस्यहरूले पनि क्रिकेटरबाट राजनीतिज्ञ बनेको खानको राजिनामाको माग गरेका छन्।

आफ्नो सरकार विरुद्धको अविश्वासको प्रस्तावको बीचमा इमरान खानले शुक्रबार सेना प्रमुख जनरल कमर जावेद बाजवासँग भेट गरेका थिए। बैठक देशको पछिल्लो राजनीतिक घटनाक्रमको वरिपरि घुमेको बताइएको केही स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस