मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !

काठमाडौं । विश्वमा पछिल्ला दिनहरुमा लगातार एक रहस्यमय कुरा लगातार देखा पर्न थालेको छ ।

धेरै अनुशन्धानकर्ताहरुले नै अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएर केहि चमत्कार गरिरहेका आँकलन गर्न थालेपछि विश्वभरी सन्त्रास फैलिएको हो ।

मोनोलिथ्सको रहस्यलाई ट्र्याक गर्नेहरूले एउटा दृष्यलाई लिएर चकित बनिरहेका छन् । फेरी अर्को एउटा उत्सुक संरचना भेट्टाइयो, यस पटक बेलायतको दक्षिण तटबाट टाढा पर्ने आइस्ल अफ वेटमा फेला परेको छ ।

यस भन्दा पहिले १० फिट अग्लो चाँदीको संरचना अमेरिकी दुर्गम दक्षिण पूर्वी यूटाको रातो चट्टानहरूमा देखा परेको थियो । अनौठो लाग्ने कुरा के छ भने त्यो देखिएको केही समयमा एकाएक हट्यो । तर यस्ता मोनोलिथ्सहरू अन्य क्षेत्रहरुमा पनि देखा पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस