साउन महिनामा भुलेर पनि नगर्नुहोस् यी काम ! हुन्छ सत्यनास

काठमाडौँ – भगवान् शिवलाई समर्पित साउन महिना सुरु भएको छ । साउन अघि देवशयनी एकादशीबाट भगवान् विष्णु योग निद्रामा जाँदा भगवान् शिवले सम्पूर्ण विश्वको शासन गर्ने विश्वास छ । साउन महिनामा कुनै पनि शुभ कार्य गर्न वर्जित मानिन्छ ।

साउन महिना भगवान् शिवको अति प्रिय महिना हो । यस साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्दा विशेष फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यो महिनामा भगवान् शिवलाई खुसी पार्नुपर्छ भन्ने गरिन्छ । यसै महिनामा भोलेनाथ कैलाश पर्वत छोडेर पृथ्वी घुम्न आउने जनविश्वास छ । साउन महिनामा कतिपय यस्ता कुराहरू छन्, जुन भुलेर पनि गर्न हुँदैन ।

साउन महिनामा प्याज, लसुन र मासुको सेवन गर्नु हुँदैन । यसबाहेक साउन महिनामा बैगुन खानु पनि वञ्चित गरिएको छ । साउन महिनामा बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनुपर्छ । साउनभर भोलेनाथलाई जल र बेलको पात चढाउँदा राम्रो हुन्छ ।

यस्तै साउन महिना तपस्या र ध्यानको महिना भएकाले जीवनमा विलासिताबाट टाढा रहनुपर्छ । साउनमा गद्दामा सुत्नु हुँदैन भन्ने मान्यता छ । यस्तो बेला जमिनमा सुत्नु पर्छ । त्यस्तै साउन महिनामा शरीरमा तेल लगाउनुहुँदैन भन्ने मान्यता भने साउन महिनामा कपाल र दाह्री पनि काट्न हुँदैन भनिएको छ । यो समयमा नङ समेत काट्नु हुँदैन ।

भनिएको छ साउन महिनामा दिउँसो सुत्नु हुँदैन । यस महिनामा राती मात्र सुत्नु पर्छ र बाँकी दिन शिवको भक्तिमा बिताउनु पर्छ । यस्तै साउन महिनामा दूध पिउनु हुँदैन । तर शिवलिंगलाई दूधले अभिषेक भने गर्नु पर्छ । यसबाहेक यो महिनाभर काँसाको भाँडोमा खाना खानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस