सुरु भयो साउनको पहिलो सोमबार : बन्दैछन् ३ वटा अति शुभ योग, जान्नुहोस् मुहूर्त, पूजा विधि

धार्मिक ब्यूरो । हिन्दू क्यालेन्डर अनुसार यो सालको चौथो महिना साउन सुरु भएको छ । साउन महिना शिवलाई समर्पित छ।

साउनको पहिलो सोमबार भर्खरै सुरु भएको छ । साउनको प्रत्येक सोमबारको विशेष महत्व छ । पुराणका अनुसार साउन महिनालाई महादेवलाई प्रसन्न पार्न उत्तम मानिन्छ ।

जो भक्तले साउन सोमबार व्रत बसेर पूर्ण विधिपूर्वक भगवान भोलेनाथको पूजा–आराधना गरे उसको सबै दुःख हट्ने जनविश्वास छ ।

यसपटक साउनमा पाँच सोमबार हुनेछन् । यस वर्ष साउनको प्रत्येक सोमबार व्रत बस्ने व्रतलाई विशेष मानिएको छ किनभने पाँच सोमबार शुभ योग बन्ने गरेको छ । आउनुहोस् जानौं पहिलो साउन सोमबारको मुहूर्त, शुभ योग र पूजा विधि।

साउन २०८९ को पहिलो सोमबार योग

रवि योग
साउन २ गते पहिलो सोमबार रवि योग बनिरहेको छ। ज्योतिषशास्त्रका अनुसार यस योगमा शिवको आराधनासँगै मन्त्र तपस्या गर्नु लाभदायक हुन्छ । रवियोगमा भगवान शिवको आराधना गर्दा महामृत्युञ्जय जप गर्नाले भय हटेर सबै दुःखबाट मुक्ति मिल्छ ।

मौन पञ्चमी योग

साउनको पहिलो सोमबार मौन पञ्चमीको योग पनि बनिरहेको छ । मौन पञ्चमीका दिन भगवान शिवसँगै नागदेवताको पूजा गर्ने विधि छ । यस दिन मौन व्रत राख्नाले मानसिक शक्तिको विकास हुनुका साथै शारीरिक रुपमा उर्जावान रहन मद्दत गर्ने जनाइएको छ ।

शोभन योग

साउन महिनाको पहिलो सोमबार शोभन योगको दुर्लभ संयोग बनिरहेको छ । यस योगमा व्रत, पूजा, जप र साधना गर्नाले समृद्धि र सौभाग्य वृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस