हेर्न जान्नुपर्छ ओठमा झुण्डिएको छ महिला पुरुषको चरित्र

काठमाडौं । भनिन्छ नारीको चरित्र ओठमा झुण्डिएको छ । ओठ हेरर नै को कस्तो भनेर बताउँन सकिनेछ । यति मात्र हैन ओठ हेरेर नै महिला र पुरुष दुबैको बारेमा गोप्य कुरा थाहा पाउन सकिनेछ । यस्ता छन् तरिकाहरु

गुलाबी ओठ : जो व्यक्तिको ओठको रङ गुलाबी हुन्छ, उनीहरु कुशल व्यवहार, उदार र बुद्धिमान स्वभावका हुने गर्दछन् । यस्ता ओठ भएका मानिसहरु आफ्नो व्यवहारले सबैको मनलाई पगाल्न सक्दछन् । उनीहरुको साथीहरु पनि धेरै हुने गर्दछन् ।

मोटो ओठः जो व्यक्तिको ओठ सामान्यभन्दा अलि मोटो छ भने उनीहरु रिसाउने प्रकृतिका हुन्छन् । यस्ता मानिसहरु सानो– सानो कुरामा पनि रिसाउने गर्दछन् । कहिलेकाँही यिनिहरुको रिसले उनीहरुलाई तनावमा पनि पार्ने गर्दछ । यिनिहरु भावनात्मक र जिद्दि स्वभावका हुन्छन् ।

बाहिर निस्किएको ओठ : जो मानिसहरुको ओठ सामान्य स्थितिभन्दा अलि बाहिर निस्केको देखिन्छ भने उनीहरु डरपोक स्वभावका हुन्छन् । यस्ता मानिसहरु कुनै पनि कठिन परिस्थितिको सजिलै सँग समाधान निकाल्न सक्दैनन् ।

भित्र पसेको ओठ : जसको ओठ सामान्य स्थितिभनदा अलि भित्र पसेको छ भने उनीहरु रहस्यमय स्वभाव भएका व्यक्तिहरुमा गनिन्छन् । यस्ता व्यक्तिहरुको मनको कुरा बुझ्न निकै कठिन हुने गर्दछ । ओठ भित्र पसेका व्यक्तिहरु राम्रा योजनाकार हुने गर्दछन् र आफ्नो योजनालाई गुप्त राख्ने पनि गदैछन् ।

रसिलो ओठः रातो रंगको, नरम र कलात्मक किसिमको ओठलाई रसिलो ओठ भनिन्छ । यस्ता ओठ भएका मानिसहरु राम्रा, कलालाई माया गर्ने र राम्रा स्वभावका हुन्छन् । रसिलो ओठ भएको मानिसहरु समाज र घरपरिवारमा मान–सम्मान प्राप्त गर्ने खालका हुन्छन् । यस्ता मानिसहरु आफ्नो कार्य क्षेत्रमा उच्च स्थानमा जान सक्ने र जीवनमा थुप्रै उपलब्धिहरु हासिल गर्दछन् ।

ठूलो ओठ : व्यक्तिको ओठ ठूलो हुन्छ उनीहरु मिठो खाना खानमा शौखिन हुने गर्दछन् । उनीहरुलाई विभिन्न प्रकारका खानेकुराहरु बनाएर खान मनपर्छ । सामान्यतया यस्ता व्यक्तिहरु छिट्टै आवेशमा आउने गर्दछन् र उनीहरुको रिस पनि चाँडै नै शान्त हुुने गर्दछ ।

संकुचित ओठ : सानो र पातलो ओठलाई संकुचित ओठ भनिन्छ । यदि कसैको यस्तो ओठ छ र ओठ बेरंगी छ भने यस्ता व्यक्तिहरु देखावटी गर्न माहिर हुन्छन् । बेरंगी, सानो र पातलो ओठ भएका मानिसहरु अरु मानिसहरुमा आफ्नो प्रभाव जमाउन क्रियासिल हुने गर्दछन् ।

ओठमा कोठी छ भने : यदि कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु निकै कामुक स्वभावका हुने गर्दछन् । विपरित लिंगप्रति यिनिहरुको मनमा थुप्रै प्रकारको कामुक बिचार ल्याउने गर्दछन् । यस्ता मानिसहरु अरु मानिसहरुलाई चाँडै नै प्रभावित गर्न सक्षम हुने गर्दछन् ।

यदि ओठको ठिक मुनि कोठी छ भने यस्ता मानिसहरु कठिन परिश्रम गर्ने गर्दछन् र सजिलै सँग धन कमाउन सक्दैनन् । यस्ता मानिसहरुले कठिन परिश्रमपछि मात्र धन कमाउने गर्दछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस