बलिउडमा राम्रो सफलता हात नपरे पछि धनाड्यहरुसँग विवाह गरी भाग्य चम्काएकी यि हुन् सुन्दरी नायिका

एजेन्सी -फिल्म कोई मेरे दिल सौ पूछे से बाट बलिउडमा डेब्यु गरेकी बलिउड चर्चित नायिका हुन् ईशा देओल । उनले पहिलो फिल्म कोई मेरे दिल सौ पूछे से २००२ मा अभिनय गरेकी हुन्।

उनि बलिउडकी एक ससफल अभिनेत्र िसमेत रहेकी छिन् । उनको जन्म जन्म २ नवम्बर १९८१ मा भारतमा भएको थियो । उनले आफ्नो करियर पहिलो फिल्मबाट नै गरेकी हुन् । पहिलो चलचित्रबाटनै उनले धेरै फ्यान कमाउन सफल भएकी थिइन् । ईशा देओल हेमा मालिनी र धर्मेन्द्रकी छोरी समेत रहेकी छिन् ।

उनको २००४ को चलचित्र धूम से ले पनि उनिकै राम्रो व्यपार गर्ने सफल भएको थियो । उनले सन् २०१२ मा व्यवसायी भारत तख्तानीसँग विवाह गरेकी थिइन्। उनि पछिल्लो समय त्यति पर्दामा देखिएकी छैनन् ।

प्रेमगन्ज’ ट्रेलर : दुई पुस्ताको आकर्षक प्रेमगाथा:परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक दृश्यसहित वाचन गर्ने प्रयास गरेको छ ।

प्रेमकथा श्रेणीमा बनेको फिल्ममा तेज गिरि, बेनिशा हमाल, ,राइडर प्रशन , सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेका छन् ।

फिल्मको ट्रेलर सुरक्षा पन्तको मनोलगसँगै सुरु भएको छ । तर, निर्माण टिमका अनुसार फिल्म भित्र सुरक्षा पन्त अतिथि भूमिकामा मात्र रहेकी छिन् । ट्रेलरमा भने उनले कथा वाचकको जिम्मेवारी निर्वाह गरेकी छिन् ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् । चलचित्र ३ भदौमा नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ । योसँगै फिल्म युरोपका विभिन्‍न देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।

अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ । फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस