काश्मिरमा तीन दशकपछि पहिलो मल्टिप्लेक्स सिनेमा बन्न लागेको छ

श्रीनगर: काश्मिरले श्रीनगरमा तीन दशक पछि आफ्नो पहिलो मल्टिप्लेक्स सिनेमा ल्याउने तयारी गरेको छ, जुन उपत्यकाका युवाहरूलाई रोजगारीका अवसरहरूसँगै मनोरञ्जन ल्याउने प्रमुख कदमको रूपमा आँउदैछ ।
जम्मू कश्मीरबाट धारा ३७० खारेज भएको तीन वर्षपछि कश्मीरमा मल्टिप्लेक्स स्थापना भएको हो। उल्लेखनीय छ, द्वन्द्व बढेपछि उपत्यकाका थिएटरहरू सन् १९९० मा बन्द भएका थिए ।

सेप्टेम्बरदेखि सर्वसाधारणका लागि खुला हुने सम्भावना रहेको मल्टिप्लेक्सको डिजाइन आइनक्सले गरेको हो र यसमा तीनवटा अडिटोरियमहरू हुनेछन्, प्रत्येकमा अत्याधुनिक साउन्ड सिस्टम र आरामदायी बस्ने सुविधा हुनेछ।
एएनआईसँग कुरा गर्दै परियोजना प्रबन्धक, विशाकले “हामी कश्मीरमा INOX द्वारा डिजाइन गरिएको पहिलो मल्टिप्लेक्स सुरु गर्दैछौं। त्यहाँ तीनवटा अडिटोरियमहरू छन् जसमा अत्याधुनिक साउन्ड सिस्टम जडान गरिएको छ। एउटा सिल्भर स्क्रिन प्रयोग भइरहेको छ। रिक्लिनर सिटहरू, साथै सामान्य। कुर्सीहरू पनि उपलब्ध गराइन्छ।” भनी बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस