विश्वको सबैभन्दा अग्लो रेलवे पुलले कश्मीरी गाउँलेहरूलाई आशा दिएको छ

कश्मीरको चेनाब नदीमा रहेको विश्वको सबैभन्दा अग्लो रेल पुलको आर्क भारतको स्वतन्त्रता दिवसको अवसरमा निर्माण सम्पन्न भएपछि रेलहरू चल्न थालेका छन् । कश्मिर उपत्यकाका मानिसहरू त्यस पुलको सुरुवातसंगै अब राम्रो अर्थतन्त्रको प्रतीक्षा गरिरहेका छन् ।

उधमपुर-श्रीनगर-बारामुल्ला रेल लिंक (USBRL) परियोजनाको भागको रूपमा चिनाब रेल पुल निर्माण भइरहेको छ जसले कश्मीर र लद्दाख क्षेत्रहरूलाई देशका अन्य भागहरूसँग जोड्दछ।एफिल टावर भन्दा ३७ मिटर अग्लो भएकोले, चेनाब रेल ब्रिज विश्वको सबैभन्दा अग्लो सिंगल आर्क रेल पुल हो।

कश्मिरका लागि यो पुल पूरा हुनु भनेको वर्षभरि देशका अन्य भागहरूसँग राम्रो कनेक्टिभिटी हो।”हामीले सुनेका छौं कि अर्को वर्ष रेलहरू चल्नेछन्। हाम्रो गाउँ नजिकै रेलवे स्टेशन भएकोले म आफ्नो उत्पादन श्रीनगर वा उपत्यकाको अन्य भागमा पठाउन सक्छु, ” स्थानीय कृषक मोहन बगाटले आफ्नो मकै वाली हेर्दै खुशीका साथ बताए ।

उपत्यकाका पर्यटकीयस्थलमा भुटेको मकैको राम्रो माग छ ।‘अहिलेसम्म मैले रामबन सहरबाहिर मकै बेच्न सकेको छैन । तर अब राम्रो बजारमा पठाएर राम्रो प्रतिफल पाउने आशा गरेको छु,’ बगाटले भिलेज स्क्वायरलाई बताए ।
१५ वर्षअघि स्थानीय रेडियोमा उधमपुर र श्रीनगरको बीचमा रेल चलाउने प्रस्ताव आएको खबर सुन्दा मलाई व्यंग्यात्मक हाँसो आएको याद आयो,’ सल बेच्ने गुलाम मोहम्मद वागेले भने।

तर अब यो कुरा बास्तविक भएको छ, मेरो खुशीको सिमा छैन उनले थपे ।रेल यातायात छिट्टै बन्ने भएकाले स्थानीय अर्थतन्त्रमा सुधार आउने स्याउ उत्पादक तथा कृषकसँगै पर्यटन व्यवसायी पनि उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस