भियनामा उइघुर नरसंहारको फोटो प्रदर्शनी

सेप्टेम्बर २२ मा भियनाको स्टेफान्सप्लाट्जमा उइघुरहरूद्वारा फोटो प्रदर्शनी आयोजना गरिएको छ। भियनामा उइघुर समुदायका अध्यक्ष मेभलान डिलसातले चिनियाँ कम्युनिष्ट पार्टीले सिन्जियाङ प्रान्तको यातना शिविरहरूमा उइगर र जातीय अल्पसंख्यकहरूमाथि गरेको अत्याचारको बारेमा बोल्नुभएको थियो।

चिनियाँ कम्युनिष्ट पार्टी सीसीपी को शासन अन्तर्गत चीनमा उइघुरहरूको अवस्था नाजुक छ र अत्याचार बढ्दै गएको छ। २०१६ मा सुरु भएको मुस्लिम जातीय अल्पसंख्यकहरूलाई लक्षित दमन अभियानको एक भागको रूपमा चीनमा धेरै उइघुर बुद्धिजीवीहरूलाई हिरासतमा राखेको थियो ।

सिन्जियाङ क्षेत्रमा चीनको मानवअधिकार उल्लङ्घनबारे खुलासा गर्ने संयुक्त राज्य अमेरिकाको हालैको प्रतिवेदनमा भनिएको छ, जबरदस्ती चिकित्सा उपचार र थुनामा राख्ने प्रतिकूल अवस्थालगायत यातना वा दुर्व्यवहारको ढाँचाका आरोपहरू विश्वसनीय छन्। यौन र लैङ्गिक हिंसाका व्यक्तिगत घटनाहरूपनि उत्तिकै बढ्दो पाइएका छन् ।

प्रतिक्रिया दिनुहोस