मानिसहरू मर्नको लागि यो घरमा आउँछन्, १४ हजार जनाभन्दा धेरै मरिसके

काठमाडौं । एउटा २ तले भवन जसलाई मानिसहरू मृत्युको होटल पनि भन्छन् । यो घरमा मानिसहरू मृत्यु पर्खिनका लागि आउँछन् । वाराणसीमा रहेको काशी लाभ मुक्तिभवन मृत्यु कुर्ने मानिसहरूको अन्तिम गन्तव्य हो । त्यो दुई तले भवनका १० कोठाले अहिलेसम्म १४ हजारभन्दा बढीको मृत्यु देखिसकेका छन् ।

भवनको मर्मत सम्भार गर्ने अनुराग शुक्ला भन्छन्– ‘अन्तिम सास लिने व्यक्तिले पैसा तिरेर पनि पाँचतारे होटलमा बस्न चाहेमा कोठा पाउँदैनन् । मर्ने मान्छेलाई साथमा राख्न कोही चाहँदैन। काशीमा मुक्तिको खोजीमा आएका यस्ता मानिसहरूको स्थान मुक्ति भवन हो। यहाँ अहिलेसम्म १४ हजार ८७८ जना मृत्यु भेट्न आएका छन् ।’

हरियो काठको ढोका र सेतो पर्खालले घेरिएको यो भवन सन् १९०८ मा बनेको हो, यो आफैमा एउटा कथा हो । यहाँ हरेक कोठामा मृत्यु पर्खिरहेको छ। यसबारे मुक्ति भवनका प्रशासक अनुराग शुक्ला भन्छन्– साँच्चै यस्तो हुन्छ ! कहिले एम्बुलेन्स वा गाडी भवनभित्र पसेपछि बिरामीले मुक्ति पाउँछ। त्यसैगरी, यस्ता धेरै मानिस छन् जसको अनुहारमा मृत्युको सेतोपन छ । रातभरि पीडामा रहन्छन्, ओछ्यानमा सुतेर शरीरमा घाउ हुन्छन् तर मर्दैनन् । त्यसपछि उनीहरू फर्किनुपर्छ।

वास्तवमा, भवनको नियम छ कि यहाँ एक कोठा १५ दिनको लागि मात्र पाइन्छ। यति बेलासम्म पनि मुक्ति पाउन नसके बाहिर जानुपर्छ। कहिलेकाहीँ अवस्था हेरेर १५ दिनको म्याद थपिने पनि हुन्छ । यी ती मानिसहरू हुन् जसलाई डाक्टरले बचाउन नसक्ने भनिसकेका छन्। जसको शरीरले बिस्तारै काम गर्न छोडेको छ । जसले खान र पिउन लगभग छोडिसकेका छन् । र जसको आँखामा मृत्युको पर्खाइ चम्किन्छ।

प्रतिक्रिया दिनुहोस