अफगानिस्तानमा बाल मजदुर बढ्दै

काबुल– अफगानिस्तानमा बाल मजदुर बढ्दै गएको अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का प्रमुखले सामान्यतया र मुख्यतया जोखिमपूर्ण काममा संलग्न बालबालिकाको संख्यामा वृद्धि भएको अफगानिस्तानमा आधारित टोलो न्यूजले समाचार लेखेको छ ।

आईएलओका अफगानिस्तानका प्रमुख रमिन बेहजादले बाल श्रम विरुद्धको विश्व दिवसका अवसरमा यस्तो चेतावनी दिएका हुन् । रामिन बेहजादले भने, ूअफगानिस्तानमा २०२० र २०२१ मा १० दशमलव ०६ मिलियन भन्दा बढी बालबालिका श्रममा संलग्न थिए। यसरी श्रम गर्ने बालिकाको उमेर ५ देखि १७ वर्ष उमेरसम्मका थिए ।

संयुक्त राष्ट्रसंघले काबुलमा ‘सामाजिक न्याय’ शीर्षकमा बालश्रम विरुद्धको विश्व दिवस मनाउन एक भेला आयोजना गरेको थियो ।

तालिबान नेतृत्वको सार्वजनिक कार्य मन्त्रालयले १ मिलियन भन्दा बढी बालबालिका जोखिमपूर्ण काममा संलग्न रहेको बताएका छन् । यस्तै, झन्डै २ मिलियन बालबालिका अन्य सडकमा काम गरिरहेको टोलो न्यूजले लेखेको छ ।

तालिबान नेतृत्वको सार्वजनिक कार्य मन्त्रालय (एमओपीडब्ल्यू) को कार्यालयका प्रमुख शराफुद्दिन शराफले अफगानिस्तानमा १९.५ मिलियन बालबालिका रहेको र तीमध्ये ११.४ मिलियन विद्यालयमा भर्ना भएको बताए।

शराफुद्दीन शराफले भने, ूअफगानिस्तानमा १९.५ मिलियन बालबालिका छन्। तीमध्ये ११.४ मिलियन बालबालिका विद्यालयमा भर्ना भएका छन् । यस्तै, युद्ध, गरिबी र आर्थिक समस्याका कारण ७.८ मिलियन बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर गएका छन्।

त्यस्तै गरी १.२ मिलियन बालबालिका जोखिमपूर्ण काममा संलग्न छन् र १.९ लाख तिनीहरूमध्ये सडकमा सामान्य काम गरिरहेका छन्,ू टोलो न्यूजले रिपोर्ट गरेको छ।

यसैबीच, श्रमिक राष्ट्रिय संघका प्रमुख शराफ हमेदीले अफगानिस्तानमा बालबालिकाले कठिनाइको सामना गरिरहेको र उनीहरूमध्ये केहीले १५ घण्टाभन्दा बढी काम गर्ने बताए।

उनले बालबालिकाले हप्तामा ३५ घण्टाभन्दा बढी काम गर्न नहुने बताए, तर अफगानिस्तानका बालबालिका २४ घण्टामा १५ घण्टाभन्दा बढी काम गरिरहेका छन् ।

युनिसेफ अफगानिस्तानले एक ट्वीटमा अफगानिस्तानमा पाँच मध्ये एक बालबालिका बाल श्रममा संलग्न रहेको बताएको छ।

सन् २०२१ को अगस्टमा तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानलाई दिइने अन्तर्राष्ट्रिय सहायता घटाइएको छ र विदेशमा रहेको देशको ९.५ बिलियन अमेरिकी डल

प्रतिक्रिया दिनुहोस