जी–२०ः शिक्षा समूह बैठक अप्रिल २७ तारिखदेखि भुवनेश्वरमा सुरु हुँदै

भुवनेश्वर– भारतको अध्यक्षतामा रहेका जी–२० सम्मेलन अन्र्तगत शिक्षा समूहको तेस्रो बैठक अप्रिल २७ देखि २९ गतेसम्म भुवनेश्वरमा हुने भएको छ । यो बैठकमा जी–२० सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुनेछन् ।

केन्द्रीय शिक्षा राज्यमन्त्री डा सुभाष सरकारले अप्रिल २७ मा बैठकको उद्घाटन गर्नेछन्।

बैठकमा आधारभूत साक्षरता, प्राविधिक शिक्षा लगायतका विषयमा छलफल गर्नेछन् । प्रतिनिधिहरूले अप्रिल २८ गते साँझ कोणार्कको भ्रमण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस