साँच्चै जिन्दगी जस्तो नजरले हेर्यो उस्तै देखिदो रहेछ, जिन्दगीमा खुशीको उचाइ कोर्ने कोसिस गर्नेछु : समीक्षा अधिकारी

गायिका गायिका समीक्षा अधिकारी नेपाल फर्किएकी छिन्। करिब डेढ महिना अघि अष्ट्रेलिया गएकी गायिका समीक्षा अधिकारी नेपाल फर्किएपछि एक स्टाटस लेख्दै

‘सरस्वति लाई सीरमा राखेर मैले पाएको कलाको सम्मान गर्दै निरन्तर साधना गर्दै गीत-संगीत क्षेत्र मै लाग्ने र जिन्दगि जस्तो नजरले हेर्यो उस्तै देखिने’ बताएकी छिन् ।

उनले लेखेकी छिन् – सरस्वति लाई सीरमा राखेर मैले पायको कला को सम्मान गर्दै निरन्तर साधना गर्दै गीत-संगीत क्षेत्र मै लाग्नेछु। मलाइ सरस्वति को आशिर्वाद र मेरा भगवान रुपि दर्शक हरुको मायाँ सधै मिलि रहोस । यहि कामना साथ नया सांगितिक

कोसेली “खुशी को उचाइ” चाँडै बजारमा आउँदैछ । साँच्चै जिन्दगि जस्तो नजर ले हेर्यो उस्तै देखिदो रहेछ। यहि गीत ले भने जस्तै जिन्दगिमा खुशी को उचाइ कोर्ने कोसिस गर्नेछु। सबैलाइ नमन !

साथै उनि अष्ट्रेलियाबाट नेपाल फर्किएपछि उनका शुभचिन्तकहरु खुशी भएका छन्। अब छिट्टै नयाँ गीतहरू गाउने तयारी उनको छ। यद्यपि कक्षा १२ को परीक्षा नजिकै आइसकेकोले परिक्षाको तयारीमा जुट्ने उनले बताइन्।

जे होस्, कतै विदेश पलायन भएकी त होइनन् ? भन्ने चर्चा चलिरहदा उनी नेपाल फर्केपछि उक्त कुरा झुठो सावित भएको छ। उसो त, उनी अष्ट्रेलिया उड्दा धेरैले पलायन भएको अनुमान गरेका थिए।

प्रतिक्रिया दिनुहोस