काठमाण्डौं महानगरका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था

काठमाण्डौं, १७ जेठ । काठमाण्डौं महानगरपालिकाले ३२ वटै वडाका बृत्तभत्ता प्राप्त जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा शुरु गरेको छ । महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा सबै जेष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था गरिएको उल्लेख गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ “काठमाडौं महानगरपालिकाका ३२ वडा भित्रका बृद्ध भत्ता प्राप्त जेष्ठ नागरिकहरुलाइ छत्रपाटी निःशुल्क चिकित्सालयमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवाहरु निःशुल्क उपचारको व्यवस्था रहेको जानकारी गर्दछु । साथै उक्त स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालबाट प्राप्त बृद्ध भत्ता परिचय पत्र, कर्मचारी परिचय पत्र, वडा कार्यालयको सिफारिश पत्र अनिवार्य रहेको व्यहोरा अनुरोध गर्दछु ।”

काठमाडौं महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालय बीच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौता बमोजिम २४ सै घण्टा आकस्मिक सेवा, ल्याप्रोस्कोपीक शल्यक्रिया, सर्जरी, फिजिसियन÷ इन्टरनल मेडिसिन, नाक–कान–घाँटी रोग, स्त्री रोग, पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी), चर्म तथा यौन रोग, बाल रोग, अल्ट्रासाउण्ड,
टिएमटी÷हल्टर, अडियोग्राम, टिम्पानो मिटर सेवा रहेका छन् ।

यसैगरी इको, मनोचिकित्सा, २४ सै घण्टा प्याथोलोजी, डिजिटल एक्सरे, पिसाब नलीको पत्थर चिरफार नगरिकन, शल्यक्रिया, आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया, हाड, जोर्नी र नशा रोग, जनरल हेल्थ चेकअप, ईण्डोस्कोपी र कोलोन्स्कोपी, दन्त रोग, मुटु रोगm ड्रेसिङ्गm ईसीजीm स्त्री रोग शल्यक्रिया, हार्डजोर्नी शल्यक्रिया सेवा निःशुल्क हुनेछन् ।

प्रतिक्रिया दिनुहोस