ड्रागन फ्रुट खेतीबाटै मनग्य आम्दानी गर्दै दोलखाका ६९ वर्षिय मानबहादुर

दोलखा २५ साउन । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नं ६ स्थित नाम्दुका ६९ वर्षिय मानबहादुर तामाङले ड्रागन फ्रुट खेतीबाटै मनग्य आम्दानी गर्दै आएका छन्। जिल्लामै पहिलो पटक ड्रागन फ्रुट खेतीबाटै मनग्य आम्दानी गर्दै आएका ६९ वर्षिय तामाङले आफ्नो १० रोपनी जग्गामा खेती गरेर मनग्य आम्दानी गर्दै आएका हुन्। आफ्नो १० रोपनी जग्गामा करिब ४ सय विरुवा रोपेकोमा त्यसले अहिले महिना मै लाखौको आम्दानी दिन थालेको उहाँले बताए ।

केहि वर्ष अघि रोपेको उक्त ४ सय विरुवाले फल दिन थालेपछि बुढेसकालमा आफ्नो परीश्रमको आयस्रोत बनेको बताए। तामाङले भने ” आफ्नो गाउँठाउँमा फरक र नयाँ खाले व्यवसायि खेती गर्ने , मनग्य आम्दानी गर्ने र व्यवसायिक खेतीलाई प्राथमिकता दिने उदेश्यका साथ सामाजिक सञ्जाल युट्युवमा हेरेर ड्रागन फ्रुट खेती गरेको हो ।” पछिल्लो समय युवाहरु नेपालबाट लाखौंको सङ्ख्यामा विदेशिने गरेकोमा आफुलाई ६९ वर्षको उमेरमा आफ्नै ठाउँमा केहि नयाँ व्यवसाय गरौँ भन्ने सोच आयो र ड्रागन फ्रुट खेती गरेको तामाङ बताउँछन्।

त्यस्तै मुख्यत यो फल फलाउनको लागि पहिले पिलर आवश्यकता पर्ने र विरुवा ठुलो हुँदै गएपछि टाएर को आवश्यकता पर्ने बताए । उक्त फल फल्न करिब १ वर्ष लाग्ने र एउटा पिलरमा करिब ४ ओटा बिरुवा रोपेकोमा त्यसबाट लगभग ३० किलो फल फल्ने गरेको कृषक तामाङले बताए । ६९ वर्षियको उमेरमा पनि व्यवसायीक खेतीका रुपमा ड्राइगन फ्रुटलाई मानेर मनग्य आम्दानी गर्दै आएपछि युवाहरुले पनि आफ्नै गाउँमा लाखौं कमाउन सक्ने सन्देश दिइएको यहाँका स्थानियहरु बताउँछन्। अहिले तामाङको दिनचर्या यहीं फल स्याहारसुसारमा बित्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस