आज बुधबार ! श्री कृष्ण भगवानको पूजा आरधना गर्नुहोस् मिल्छ फलिफाप

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मान्ने गरिन्छ। कतिपयलाई ज्ञान नहुनसक्छ बुधबार कुन देवताको पुजा गर्ने भन्ने । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ ।
पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने जनविश्वाससमेत रहि आएको छ । साथै ज्योतिष शास्त्र अनुसार बुधबारको दिनमा पुरुष ससुराली जानु हुँदैन र महिलाको अपमान गर्नु हुँदैन भन्ने मान्यता रहेको छ ।

कृष्णको पूजा गर्दा घिउ र दुध चढाउन आवश्यक रहेको छ । साथै ब्रत बस्दा दिउसो एक पटक दुधबाट बनेको परिकार खानु पर्दछ। बुध ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन नयाँ कामको थालनी गर्दा पनि शुभ हुने विश्वास रहेको छ ।

बुधबार कृष्ण भगवानको पूजा–आरधाना गर्ने ? [पूजा विधिसहित]

ईश्वरको पूजा, प्रार्थना, शक्तिको उपासना परापूर्वकालदेखि हरेक धर्म, संस्कृतिको अभिन्न अंग बन्दै आएको छ । सबैजसो धर्ममा भक्ति गीत, भजन, मन्त्र, संगीत, नृत्य एवं ध्यान आदिबाट ईश्वरको पूजा, पाठका साथै स्तुती गाइन्छ । व्यक्तिगतरूपमा अथवा सामुहिकरूपमा प्रार्थना गरी इस्टदेव, परमात्मा वा शक्तिपीठका सामु भौतिकरूपमा मात्र नभई भावनात्मक रूपमा लीन भई ईश्वर साक्षात्कार गर्नु सबैजसो धर्मसंस्कृतिको अभिन्न अंग रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस