जी–२० अन्र्तगत युवा विशेष शिखर सम्मेलन भारतको वाराणसीमा सफलतापूर्वक सम्पन्न

वाराणसी— भारतको अध्यक्षता भईरहेको जी–२० अन्र्तगत युवा केन्द्रित शिखर सम्मेलन वाराणसीमा सफलतापूर्वक सम्पन्न भएको छ । चार दिने युवा केन्द्रित शिखर सम्मेलन युथ २० भएको थियो । सम्मलेनमा जी–२० देश सहित आमन्त्रिण देश तथा अन्र्तराष्ट्रिय संस्थामा प्रतिनिधिसहित १५० भन्दा बढीको सहभागिता भएको थियो ।

चार दिने शिखर सम्मेलन विभिन्न युवा केन्द्रित पाँच एजेण्डामा छलफल भएको थियो । त्यसो त, भारतको समृद्ध कला, संस्कृति र सम्पदाले विश्वभरका प्रतिनिधिहरूमा अमित छाप छोडेको छ ।

पवित्र शहर वाराणसीको समृद्ध र विविध सांस्कृतिक सम्पदाको साथै यसको आध्यात्मिकता, साहित्य, कला र संगीतले जी–२० राष्ट्रहरू, आमन्त्रिण देशहरू र अन्तर्राष्ट्रिय संगठनहरूका प्रतिनिधिहरूलाई पनि मंत्रमुग्ध भएका थिए ।

यस शिखर सम्मेलनको उद्देश्य अन्य सरोकारवालाहरूसँग सहकार्य र सञ्जालका लागि अवसरहरू प्रदान गर्ने, युवाहरूको विकासमा योगदान पुर्‍याउने र विश्वव्यापी प्लेटफर्ममा युवा एजेन्डाबारे छलफल गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस