चीनका एक पूर्व इन्स्योरेन्स प्रमुखलाई घुस लिएको आरोपमा मृत्युदण्ड

जिनान —चाइना लाइफ इन्स्योरेन्स ग्रुपका प्रमुख तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घुस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मृतयुदण्ड दिने भएको छ । उनलाई दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ ।

दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानूनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन ।

पूर्वी चीनको शान्दोङ प्रान्तको जिनानस्थित ‘इन्टरमिडिएट पिपुल्स कोर्ट’ले उक्त फैसला सुनाएको हो ।

सन् १९९७ देखि २०२१ को बीचमा वाङले विभिन्न वित्तीय संस्थामा आफ्नो ओहदाको फाइदा उठाउँदै अरूका लागि फाइदा लिन खोजेको र बदलामा उहाँले ३२ करोड ५० लाख युआन ९करिब चार करोड ५० लाख अमेरिकी डलर० बराबरको पैसा र बहुमूल्य सामान प्रत्यक्ष वा आफ्ना नातेदारमार्फत् गैरकानूनी रूपमा लिएको स्वीकारेका थिए । ।

उनलाई सन् २०१२ को जनवरीदेखि हङकङमा आफ्ना नातेदारले खोलेको खातामा पाँच करोड ६४ लाख २० हजार युआन बराबरको विदेशी मुद्रा जम्मा गरेको र बचत लुकाएको अभियोगमा दोषी ठहर गरिएको अदालतले जनाएको छ ।

फैसलाबमोजिम प्रतिवादीलाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको र निजको व्यक्तिगत सम्पत्ति जफत गरिएको छ ।

दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानूनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन ।

प्रतिक्रिया दिनुहोस