भुटानमा हिउँ चितुवाको संख्या झण्डै ४० प्रतिशतले वृद्धि

थिम्पु– भुटानमा हिउँ चितुवाको संख्या झन्डै ४० प्रतिशतले बढेको भुटान लाइभले उल्लेख गरेको छ।

राष्ट्रिय हिउँ चितुवा सर्वेक्षण २०२२–२०२३ ले देशमा १३४ वटा हिउँ चितुवा रहेको पुष्टि गरेको छ ।

यो २०१७ मा देशको पहिलो सर्वेक्षणको तुलनामा लगभग ४० प्रतिशतले वृद्धि भएको भुटान लाइभले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको हिउँ चितुवालाई रातो सूचीमा राखिएको छ । हिउँ चितुवाहरू विश्वभरी ४ हजार रहेकोले विश्वव्यापी खतराको सूचीमा रहेको छ ।

हिउँ चितुवा एशियाका १२ देशहरूमा पाइने गरेको छ । विश्वभर हिउँ चितुवाको जनसंख्या घट्दै गए पनि भुटानले हिउँ चितुवा संरक्षणमा गरेको प्रयासले सकारात्मक प्रभाव पारेको सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस