पाकिस्तानमा पब्जी खेल्न नदिएको निहुँमा भाइद्वारा दिदीको गोली हानी हत्या

इस्लामाबाद— पाकिस्तानमा एक व्यक्तिले आफ्नी दिदीलाई प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी) खेल्नबाट हस्तक्षेप गरेपछि गोली हानी हत्या गरेको एआरवाई न्यूजले उल्लेख गरेको छ।

झङको अथरा हजारी तहसीलका ती युवकले लोकप्रिय मोबाइल गेम पब्जी खेल्न रोक्दा आफ्नै दिदीको हत्या गरेका हुन् ।

पब्जीको लतसँग सम्बन्धित अर्को छुट्टै घटनामा, माजिद रहमान नामका १३ वर्षीय केटाले पब्जी खेल्नको लागि आफ्नो घरबाट ७० हजार पाकिस्तानी रुपैयाँ चोरेका छन् ।

उनले पैसा चोरर खेलभित्रका पोशाकहरू किन्नमा खर्च गरेको एआरवाई न्यूजले उल्लेख गरेका छन्। तीन दिन पछि, प्रहरीले ती किशोरलाई पक्राउ गरी परिवारलाई बुझाएको छ ।

एआरवाई न्यूजका अनुसार शहर प्रहरी चौकी आरिफवालामा एफआईआर दर्ता गरिएको थियो।

यसअघि जुलाई २० मा पाकिस्तानको मुजफ्फरगढ प्रहरीले थर्मल पावर कोलोनीमा पब्जी गेमको प्रभावमा आफ्ना तीन दिदीबहिनीहरूको हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको डनले उल्लेख गरेको छ।

थर्मल सेक्युरिटी सर्जेन्ट एजाजका छोरी फातिमा, जाहरा र अरीशा थर्मल पावर कोलोनीको खाली क्वार्टरमा घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए ।

शहरका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेहान रसूल अफगानले आरोपित बसितले आफ्ना तीन दिदीबहिनीको हत्या गरी खाली ठाउँमा फालिदिएको बताए। सिपाही बसित विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

डीएसपीका अनुसार आरोपीले पब्जी गेमबाट प्रभावित भएर आफ्ना दिदीबहिनीको हत्या गरेको स्वीकार गरेका छन् ।

शवको पोष्टमार्टमको लागि चकवाल पठाइएको डनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस